बन्दाले मूल्य नपाउँदा किसान चिन्तित
सोलुखुम्बु । सोलुखुम्बुमा उत्पादन भएको अर्गानिक बन्दाले मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । जिल्ला सदरमुकाम क्षेत्रमा उत्पादित बन्दाले उचित मूल्य र बजार नपाउँदा यतिकै खेर जाने सम्भावना बढेको हो ।
सोलुदूधकुण्ड नगरपालिका ६ छुल्यामुका राजु विश्वकर्माले करिब ३० किलो बन्दा साप्ताहिक हाट नयाँ बजारमा बिक्रीका लागि ल्याए पनि बिक्री नभएको बताए । मेहनतले उत्पादन गरेको अर्गानिक बन्दाले उचित मूल्य नपाउनु त छँदैछ सस्तो मूल्यमा समेत बिक्री नभएको उनले दुखेसो गरे । नयाँ बजारमै खोरियाकी ल्हेमी लामाले पनि बन्दा बिक्रीका लागि ल्याएकी थिइन् । तर उनले पनि बन्दा बिक्री गर्न नसकेपछि घरमै फिर्ता लान लागेको सुनाइन् । नयाँ बजारमा शनिबार प्रतिकिलो १० देखि २० रुपैयाँसम्ममा बन्दा बिक्री भएको थियो । किसानले मेहनत गरी लगाएको बन्दाले लगानी त परको कुरा गाडी भाडासमेत उठाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् ।
तरकारीले बजार तथा मूल्य नपाउँदा कुहिएर खेर जाने अवस्थामा पुगेको सन्देश राईको दुःखेसो छ । जिल्लामा बन्दा उत्पादन बढी र खपत कम हुँदा अर्गानिक उत्पादन वस्तुभाउलाई खुवाउन किसान बाध्य छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया