विन सहकारीको व्यापार मेला सकियो
काठमाडौं । विन बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको ट्रेड फेयर, हस्तकला तथा खाद्य वस्तुको प्रदर्शनी र उद्यमशीलता तालिम सम्पन्न भएको छ । सो तालिमअन्तर्गत उत्पादन भएका खाद्य सामग्रीको लोकार्पण कार्यक्रम सकिएको हो । सहकारीले साउन २६ गतेदेखि २८ गतेसम्म तीन दिने १४ औँ संस्करणको व्यापार मेला, ७ औँ हस्तकला तथा खाद्य वस्तुहरूको प्रतियोगिता र महिला उद्यमशीलता विकास तालिमअन्तर्गत उत्पादित खाद्य उत्पादनको लोकार्पण कार्यक्रम आयोजना गरेको थियो ।
व्यापार मेलाको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य गरेकी थिइन् । कार्यक्रममा उपमेयर शाक्यले महिला उद्यमीलाई सहयोग गर्न महानगरपालिका सधैँ तयार रहेको बताइन् । तीन दिनसम्म सञ्चालन भएको मेलामा उल्लेखनीय सहभागिता रहेको सहकारीले दाबी गरेको छ । यस्तै, प्रतियोगितामा रहेका सामग्रीहरूमा भोट हाल्ने व्यवस्था पनि गरिएको थियो । मेलाको अन्तिम दिन मेलाका ५४ वटा हस्तकला तथा खाद्य उत्पादन स्थलका सहभागी तथा १० जना प्रायोजकलाई सम्मानस्वरूप प्रशंसा–पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । बेस्ट स्टलको उपाधि सिराह ग्रुपले पाएको थियो । हस्तकलातर्फको नयाँ वस्तुको प्रतियोगितामा प्रथम पुरस्कार कल्पना श्रेष्ठलाई प्रदान गरिएको थियो । उनले पञ्च धातुको मौलिक तथा परम्परागत गरगहना बनाएकी थिइन् । त्यसैगरी फ्लोरिकल्चरका लागि दोस्रो पुरस्कार वसन्ती प्रधानलाई र काष्ठकलाको घढियाल चालका लागि तेस्रो पुरस्कार अमिता प्रधान शिल्पकारलाई दिइएको सहकारीले जनाएको छ ।
खाद्यतर्फको नयाँ वस्तुको प्रतियोगितामा प्रथम पुरस्कार हर्बल चियाका लागि सुनिता वैद्य श्रेष्ठलाई प्रदान गरिएको थियो । अन्तिममा सान्त्वना पुरस्कार स्वच्छ व्यवसायी समूह नेपालअन्तर्गतका कपिलवस्तु तथा दाङका समूहले प्राप्त गरेका थिए । कार्यक्रममा महिला उद्यमशीलता विकास तालिमका ३१ प्रशिक्षार्थी र नौ जना प्रशिक्षकलाई प्रमाण पत्र तथा प्रशंसा–पत्र पनि प्रदान गरिएको थियो । महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी सञ्चालन भएको व्यापार मेलामा सहकारीका सदस्य महिला तथा अन्य व्यक्तिगत महिला उद्यमीले तयार पारेका चाँदी तथा धातुका गरगहना, प्राकृतिक रेसा, नेपाली कागज, पस्मिना, फेल्ट, उनी, काष्ठ, पोते, नेपाली ढाँका, कपडा, अचार, चटनी, अष्टमण्डल, क्वाटी, चकलेट, फुरनदाना, क्याण्डी, तितौरा, मस्यौरालगायत नवरस ब्राण्डका सामग्री प्रदर्शनीमा राखिएको थियो ।
मेलालाई अझै आकर्षक बनाउन सहकारीले गिफ्ट भौचर, उपहार, निःशुल्क वाईफाई, निःशुल्क मास्क, निःशुल्क चिया, खानेपानी, विभिन्न जिल्लाका रैथाने उत्पादन, खाजाका स्टल, फेस पेन्टिङ, नेल पेन्टिङ, मेहिन्दीलगायतको व्यवस्था गरेको थियो । यसका साथै महिला उद्यमशीलता तालिमका सहभागी तयार पारेका नयाँ उत्पादन अष्टमण्डल, बेकरी, क्यान्डी, तितौरा, अचार र स्न्याक्स पनि मेलामै सार्वजनिक भएको सहकारीले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया