मिलिजुली कालिञ्चोकको कुल पुँजी १ अर्ब २७ करोड,सदस्य ३४ हजार बढी
दोलखा – दोलखाको सदरमुकाम चरिकोट मुख्य कार्यालय रहेकोे मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११औं सेवा केन्द्र बैतेश्वर गाउँपालिका-५ को मैनापोखरी बजार स्थापना गरेको छ।बैतेश्वर क्षेत्रका सदस्यलाई लक्ष्यित गरी संस्थाले आफ्नो ३१औं स्थापना दिवसको अवसर पारेर बिहीबार उक्त सेवा केन्द्रको उद्घाटन गरिएको छ ।
सेवा केन्द्रको उद्घाटन साकोसका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षयता तथा बैतेश्वर गाउँपालिका अध्यक्ष छबिलामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पालिका अध्यक्ष छबि लामाले सेवा केन्द्रको उद्घाटन गर्दै दोलखा जिल्लाभरका सहकारी संस्था एक भएर पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या सुधार गर्न लाग्नुपर्ने बताए । अध्यक्ष लामाले बैतेश्वर गाउँपालिका सहकारीको उर्वर भुमि मानिने भएकाले जिल्लाभर रहेका सहकारीलाई उपस्थित गराएर पालिकामा प्रशिक्षण तथा छलफल कार्यक्रम गर्ने पालिकाले योजना बनाएको समेत उल्लेख गरे ।
त्यस्तै उनले भिमेश्वर नगरपालिकाकै ठुलो मिलिजुली कालीञ्चोक संस्था नाफामुखी नभई सदस्यको हकहितमा केन्द्रित बनेर सेवा प्रवाह गर्न सुझाव दिए ।सेवा केन्द्र उद्घाटन कार्यक्रम बोल्दै जिल्ला बचत संघ दोलखा अध्यक्ष भुमिराज खड्काले दोलखाकै पुरानो र आर्थिक रूपमा अब्बल बन्दै गएको मिलिजुली कालिञ्चोक संस्थाले सबै क्षेत्रलाई समेटेर लगानी गर्दै आएकाले सेयर सदस्यहरु लोकप्रिय बन्दै गएको बताए ।
कार्यक्रम संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले २०५० साल स्थापना भएको यस संस्थाले ३१औं वर्षमा आइपुग्दा एक अर्ब २७ करोड रकम संकलन गर्दै सदस्यको हकहितमा काम गर्न सफल भएको बताए । दोलखामा २०५० सालमा २६ जनाले सुरु गरेको मिलिजुली कालिञ्चोक साकोसले तीन दसकको अवधिमा करिब ३५ हजार सदस्यलाई आबद्ध गर्दै एक अर्ब २७ करोडको कारोबार गर्न सफल भएको बताए । यसैबीच मिलिजुली कालिञ्चोक साकोसले आफ्नो ३१औ स्थापना दिवसको अवसरमा नयाँ सेवा केन्द्र मैनापोखरीमै खुल्ला रक्तदान कार्यक्रम समेत गरेको छ ।
साकोसले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । उक्त रक्तदान कार्यक्रम बैतेश्वर आसपासका २६ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा सहकारी अभियान्ता भिम प्रसाद दाहाल,जिवशराज खड्का लगायतले सहकारी पुरानो इतिहास र आगामी मार्गनिर्देशन बारे आफ्नो धारण राखेका थिए। सेवा केन्द्र उद्घाटनकै दिन साकोसले बैतेश्वरका ३ दर्जन बढी सदस्यलाई सदस्ययता प्रदान गरेको साकोसका कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए । उनका अनुसार मैनापोखरीमा नयाँ सेवा केन्द्र खुलेसँगै मिलिजुलीका देशभर ११ वटा सेवा केन्द्र भएका छन् । अब यस साकोसले मुख्य कार्यालय चरिकोट सहित दोलखामा ९, सिन्धुपाल्चोकमा एक र काठमाडौंमा एउटा सेवा केन्द्रवाट कारोवार गर्ने छ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया