Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीका सञ्चालकलाई इमान्दार बन्न सुझाव

सहकारीका सञ्चालकलाई इमान्दार बन्न सुझाव


ललितपुर । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकहरूले बदमासी नगरे कुनै पनि सहकारी संघ–संस्थाहरू संकटमा नपर्ने बताएका छन् । ललितपुरको पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै कार्यकारी प्रमुख शाक्यले सो कुरा बताएका हुन् ।

उनले हाल संकटग्रस्त देखिएका सहकारी संस्थाहरूबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिए । सञ्चालक इमान्दार हुने हो भने कुनै पनि सहकारी संस्था संकटमा नपर्ने पनि शाक्यको भनाइ छ । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्दन कर्माचार्यले सहकारी संस्थामार्पmत् डुबेको जनताको रकम फिर्ता गराउन सरकारलाई गम्भीरता देखाउन आग्रह गरे । साधारणसभाले व्यवस्थापक करुणा राजभण्डारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र अध्यक्ष मुकुन्द महर्जनले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पारित गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया