Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदैलेखका २५ जना कृषक पुरस्कृत

दैलेखका २५ जना कृषक पुरस्कृत


दैलेख । कृषि विकास कार्यालय दैलेखले २५ जना कृषकलाई पुरस्कृत गरेको छ । शरदकालीन आलु उत्पादन गर्ने किसानलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत कार्यालयले सम्मान गरेको हो ।

व्यावसायिकरूपमा आलु उत्पादन गर्ने कृषकलाई हौसला तथा थप आलु उत्पादन गर्न प्रोत्साहन स्वरूप कृषकहरूलाई पुरस्कृत तथा सम्मान गरिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र बहादुर थापाले बताए । पुरस्कृत हुने कृषकहरू १० जना महिला र १५ जना पुरुष रहेका छन् । कार्यालयप्रमुख थापाले एक रोपनीमा जग्गामा आलु उत्पादन गर्ने कृषकलाई पाँच हजार नगद प्रमाणपत्र र पाँच रोपनी जग्गामा आलु उत्पादन गर्ने कृषकलाई २५ हजार नगद प्रमाणपत्रसहित सम्मान गरिएको जानकारी दिए ।

बुधबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले पुरस्कृत कृषकलाई थप ऊर्जा प्रधान गर्ने र जिल्लामा व्यावसायिक तरिकाले कृषिमा लागेका किसानहरूलाई हौसला प्रधान गर्दै जाने बताए । उनले कृषकका समस्या पहिचान गरी समाधान गर्न लाग्नु तीनै तहका सरकारको दायित्व रहेको बताए । कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र बहादुर थापाले कृषि कर्ममा होमिएका किसाहरूलाई कार्यालयले सहयोग गर्दै आएको र सबै कृषकले सरकारबाट प्राप्त गर्ने अनुदानलाई सही ठाउँमा प्रयोग गर्दै जान आग्रह समेत गरेका थिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x