Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारी लेखा व्यवस्थापन तथा सहकारी नेतृत्व विकास तालिम सञ्चालन

सहकारी लेखा व्यवस्थापन तथा सहकारी नेतृत्व विकास तालिम सञ्चालन


काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजना तथा जिल्ला सहकारी संघ दैलेखको समन्वयमा जिल्लामा सहकारी लेखा व्यवस्थापन तथा सहकारी नेतृत्व विकास तालिम सञ्चालन गरिएको छ । उक्त तालिममा जिल्लाका ६१ वटा सहकारी संस्थाका सदस्य तथा पदाधीकारीहरू सहभागी भएका थिए ।

जिल्लामा रहेका सहकारीमध्ये ३१ वटा सहकारीका सदस्यहरूलाई सहकारी लेखा व्यवस्थापन र ३० वटा सहकारी संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूलाई सहकारी नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरिएको जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष भुपेन्द्र कुमार खड्काले जानकारी दिए । तालिम फागुन २४ गतेदेखि २९ गतेसम्म दैलेख सदरमुकाममा सञ्चालन भएको थियो । तालिममा सहभागीहरूलाई राष्ट्रिय सहकारी महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी र जिल्ला सहकारी संघ लिमिटेड दैलेखका अध्यक्ष भुपेन्द्र खड्काले प्रशिक्षण दिएका थिए ।

जिल्लामा हाल सञ्चालनमा रहेका तीन सयभन्दा बढी सहकारीहरू रहेका छन् । तीमध्येबाट ६१ वटा सहकारीका सदस्यहरूलाई छनोट गरी तालिम प्रदान गरिएको हो । जिल्लामा सञ्चालित सहकारीहरूले विभिन्न उद्योग सञ्चालन, दुध सङ्कलनका लागि डेरी स्थापना, कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन, ठाउँ–ठाउँमा हाटबजार सञ्चालन तथा पशुपालनमा जोड दिने गरेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x