काठमाडौं, बर्दियाको मधुवन नगरपालिका–७ ताराताल शुक्रबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय आयुश बाठालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको बाँसगढी नगरपालिका–६ मोतिपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ दमौली बस्ने २८ वर्षीय प्रकाश थारू र २६ वर्षीय प्रताप थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ५० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१० बस्ने २२ वर्षीय विरेन्द्र बहादुर ऐर र २५ वर्षीय राम बहादुर चन्द रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेको कोहलपर नगरपालिका–११ नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ घर भएका ५७ वर्षीय अबिलाल जैसी समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ४० ग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे बनेपा नगरपालिका–८ तिनदोबाटो बस्ने धुलिखेल नगरपालिका–३ सञ्जिवनी चोक घर भएका ३३ वर्षीय हेविन श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने सोही महानगरपालिका–११ कोल्टाँडी घर भएकी २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन् । इलाका प्रहरी कार्यालय चित्लाङ समेतबाट खटिएको प्रहरीले गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको जिप जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी जिप चालक हेविन र जिपमा सवार दिव्याश्रीलाई पक्राउ गरेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम र नगद ११ हजार ७ सय ५० रूपैयाँसहित सोही ठाउँ बस्ने ३२ वर्षीय सुनु विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
इलामको इलाम नगरपालिका–९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय मिलिग्रामसहित सोही नगरपालिका–८ बस्ने २४ वर्षीय रविन लिम्बु समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम समेतबाट खटिएको प्रहरीले झापाबाट इलामतर्फ आउँदै गरेको मे ९ प २१९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।