काठमाडौं, शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले खुम्चिएको छ । साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसुचक १२ दशमलव ७९ अंकले ओरालो लागेर २६ सय ३६ दशमलव १० बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३२ अंकले ओरालो लागेर चार सय ७७ दशमलव २१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५३ वटा कम्पनीहरुको ४८ हजार सात सय ८८ पटककको कारोबारमा एक करोड १२ लाख ९३ हजार चार सय ५० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहको सुचक ओरालो लागेका छन् ।