चिनियाँ विद्युतीय गाडी बीआईडीको सेटिङको भन्सार छलीको काण्ड प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को हस्तक्षेपपछि छानबिनको दायरामा आएको छ । छानबिन थालिएसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको छटपटी समेत बढेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।बजेट भाषणको अघिल्लो दिन नै मुस्ताङको कोरला नाकाबाट भित्रिन लागेका सात सय ७५ वटा बीवाईडी गाडीको भन्सार जाँचपासका कागजात बनाइएको थियो । जेठ १४ गते त्यसरी कागजात बनाए पनि वीवाईडी गाडीहरुचाहिँ १५ गतेको बजेटपछि मात्र भित्र्याइएको थियो । गाडी भन्सार नपुग्दै ती गाडीको क्लियरेन्स गरिएको थियो । भन्सार क्लियरेन्सको कागजात बनाउँदा बजेट भाषणमा भन्सार दर घटेमा त्यसलाई मान्ने र पछि समायोजन गर्दै जाने तथा भन्सार दर बढेमा पहिलेकै भन्सार दरअनुसार समायोजन गर्ने सहमतिमा भन्सार क्लियरेन्स गरिएको थियो ।
मुस्ताङको कोरला नाकाबाट मात्र सात सय ७५ वटा बीआईडी गाडी त्यसरी भित्रिएका थिए र त्यसरी भित्र्याउँदा करिब दुई अर्ब कमिसनमा अर्थमन्त्री वाग्ले फसेको आशंकासहितको समाचार आर्थिक दैनिकले गत २२ गते शुक्रबारको अंकमा प्रकाशन गरेपछि अर्थमन्त्री डा. वाग्लेले आर्थिक दैनिकमाथि सख्त कारबाही गरी पाऊँ भनी प्रेस काउन्सिल नेपालमा उजुरी गरेका छन् । काउन्सिलमा गरेको उजुरीको जानकारी मन्त्री वाग्लेकै सचिवालयले ह्वाट्स एपमार्फत सञ्चारकर्मीहरुलाई दिएको थियो ।ती गाडी नेपालमा बीआईडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले झिकाएको हो र त्यसको सञ्चालिका विवादास्पद महिला यमुना श्रेष्ठ हुन् । साइमेक्स इन्कलाई यसअघि वर्षमान पुन र विष्णु प्रसाद पौडेल अर्थमन्त्री हुँदा पनि न्यून बीजकीकरण गरेर बीवाईडी गाडी भित्र्याएर कर छल्ने गरेको आरोप लाग्दै आएको थियो । तर अर्थमन्त्रीहरुसँगको अघोषित मिलेमतो प्रधानमन्त्रीहरुको मौन समर्थनका कारण कारबाहीको दायरामा आउन सकेको थिएन । गत फागुन २१ गतेको निर्वाचनबाट नेपालमा सरकार फेरिएको र भिन्न परिस्थिति बनेका कारण पुरानो अवस्था नदोहोरिने सर्वत्र अपेक्षा गरिएको थियो ।
तर कर्मचारी प्रशासन पुरानै ढर्रामा छँदै थियो । अर्थमन्त्री डा. वाग्ले पनि नयाँ बोतलमा पुरानै रक्सीजस्तै थिए । उनी नेपाली कांग्रेसको नाममा तर मार्न विदेशबाट फर्किएर डा. आरजु राणा देउवाको तल्लोस्तरको चाकरी गरेर राजनीतिमा आउन लागेका थिए । तर, आरजुलाई विश्वनाथ पौडेलले बढी रिझाएपछि रवि लामिछानेमा बीपीको क्वालिटी देखेको छु भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेर अर्थमन्त्री हुन पाएका परिवारका तीन सदस्यहरुमध्ये एक पटकको नेपाली सधैँको नेपाली भनेजस्तै गरी नेपाली नागरिक कायम भएका व्यक्ति नेपालको कठिन प्रजातान्त्रिक आन्दोलनमा विदेशतिर मोजमस्ती गर्दै आएका र प्रजातन्त्र पुनस्र्थापनाको खुकुलो अवस्थामा भाउजूको फेर समातेर अघि बढ्दा पछारिएका व्यक्ति भएकाले उनले भाउजूका दुर्गुण छाड्न नसक्ने जुन आशंका थियो अहिले बीवाईडीको भन्सार छली काण्डमा त्यसैका पुष्टि भएको छ ।
प्रधानमन्त्री शाहको ‘कोर टिम’ले उनका गतिविधिमाथि गम्भीर रुपमा नियालिरहेको थियो । अर्थमन्त्री वाग्लेले आफू निगरानीमा रहको सुइँको पाउनेबित्तिकै रसुवा भन्सारका प्रमुख तुलसीप्रसाद भट्टराईसहित छ जना कर्मचारीलाई विभागमा तानेर कारबाही थालेका थिए । कोरला नाकाबाट जस्तै केरुङ नाकाबाट पनि उस्तै प्रक्रियाबाट दुई सयभन्दा बढी गाडी भित्र्याएको कागजात तयार गरेका थिए तर गाडीचाहिँ भन्सारमा आएकै थिएन । कोरला भन्सार र केरुङ भन्सारबाट उही प्रकृतिबाट झण्डै एक हजार तीन सय थान गाडीको कागजात मिलाएर भन्सार छलिएकोे थियो ।१५ गतेको बजेट भाषणमा यसअघि किलोवाटको मापदण्डमा लाग्ने गरेको कर अबदेखि मूल्यका आधारमा भन्सार लाग्ने घोषणा गरिएको थियो ।
त्यसरी भन्सार परिवर्तन हुँदा एउटा गाडीमा सरदर २५ लाख रुपैयाँ मूल्य फरक पर्ने देखिएको छ । त्यही हिसाबले पनि तीन अर्बभन्दा बढी रुपैयाँको घोटला हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । करको दरमा हेराफेरि गरेर हुने यति ठूलो घोटाला एउटा भन्सार प्रमुख वा एकाध कर्मचारीको बलमा मात्र हुनसक्ने कल्पना पनि गर्न सकिँदैन । जनमानसमा रहेको उक्त आशंकालाई प्रधानमन्त्री शाहको कदमले पुष्टि समेत गरेको छ ।अर्थमन्त्री वाग्लेको मातहतबाट भन्सार छुटाएर ल्याइएका ती गाडी गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहको निर्देशनमा ससस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिनु र त्यसमाथि छानबिन थालिनुले अर्थमन्त्री वाग्ले छटपटिन थालेको हुन् ।
अर्थमन्त्री वाग्ले मातहतमा भएको उक्त काण्डलाई गम्भीरतापूर्वक लिएर प्रधानमन्त्री शाहले त्यसलाई छानबिन गर्न शुक्रबार समिति बनाएपछि अर्थमन्त्री वाग्ले र साइमेक्स इन्ककी यमुना श्रेष्ठ नराम्ररी झस्किएका छन् । प्रधानमन्त्री शाहको निर्देशनमा गाडीहरु पक्राउ गरिनु र प्रधानमन्त्रीकै सक्रियतामा त्यसमाथि छानबिन गर्न समिति बनाइनुले अर्थमन्त्री वाग्ले आर्थिक दैनिकमाथि सख्त कारबाहीको माग गरेको उजुरी सर्वसत्तावाद लाद्ने प्रयासका रुपमा लिइएको छ ।प्रधानमन्त्री शाहको विशेष सक्रियतामा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको समाचार स्रोतको दाबी छ । भन्सार छलेर बीवाईडीका लागि नेपाल छिरेको सूचनापछि प्रधानमन्त्री शाहले बुधबार राति नै ती गाडी नियन्त्रणमा लिन निर्देशन दिएका थिए र प्रधानमन्त्रीको निर्देशनपछि ससस्त्र प्रहरी बलले बुधबार राति नै तीमध्ये कोरला नाकाबाट छिराइएका बीवाईडीका गाडी नियन्त्रणमा लिएको थियो ।