काठमाडौं । फिफा विश्वकप फुटबल–२०२६ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिना ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
क्यानडाको टोरन्टोस्थित स्टेडियममा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा बोस्निया एन्ड हर्जगोभिनाले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा खेल बराबरीमा टुंगिएको हो। बराबरीसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अंक जोडेका छन्।
खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडमार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० ले आफ्नो पक्षमा राखेको बोस्निया दोस्रो हाफमा भने दबाबमा परेको थियो।
घरेलु समर्थकको उत्साहबीच खेलिरहेको क्यानडाले ७८औँ मिनेटमा खेलमा पुनरागमन गर्यो। टोलीका अनुभवी फरवार्ड काइल लारिनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।
बाँकी समयमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल थप्न नसक्दा खेल बराबरीमा सकियो।यसअघि प्रतियोगिताको उद्घाटन चरणका खेलहरू सम्पन्न भइसकेका छन् ।