विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगर क्षेत्र भित्र रहेको एक निजी अस्पतालले सरकारले तोकेको मापदण्डमा संचालन नगरी आफु खुसी गर्दै आएको तथ्य बाहिरीएको छ ।
विराटनगर माहानगरपालिका वडा नम्बर ९ मा रहेको ग्रिनक्रस हस्पिटल प्रा.लि. मापदण्ड विपरित संचालनमा रहेको पाईएको हो । उक्त अस्पताललाई जनस्वास्थ्य कार्यालय मोरंगले अस्पताललाई स्पष्टिकरण सोधेको छ । कार्यलयले २०८३ साल जेठ २१ गते अस्पतालका नाममा कारण सहित स्पटिकरण पेश गर्न पत्राचार गरेको हो । कार्यालयले ग्रिनक्रस अस्पताललाई एक हप्ता भित्रमा स्पष्टिकरण अनिवार्य रुपले पठाउन पनि निर्देशन गरेको थियो । कार्यालयका जनस्वास्थ्य प्रशासक योगराज घिमिरेको हस्ताक्षरबाट प्रेसित गरिएको उक्त पत्रमा मुुख्यतया ग्रिनक्रस अस्पताललाई अस्पताल दर्ता तथा नविकरणका सम्दर्भमा विशेष प्रश्न गरेको छ । कार्यालयले ग्रिनक्रस अस्पताललाई कहिले र कहाँबाट स्वास्थ्य संस्था संचालनको अनुुमती लिएको प्रष्ट पार्न आग्रह गरेको छ ।
यस्तै अस्पतालको स्थापना कालदेखी हालसम्म संस्था दर्ता र नविकरणमा के कती राजश्व तिरेको हो ? राजश्व कुुन कार्यालयमा बुुझाउने गरेको छ ? हासम्म नविकरण नै नगरी गैर कानुुनी रुपमा संस्था सँचाल गरेको भए सोही कारण तथा राजश्व समेतलाई मध्यनजर गर्दै तपाईको उक्त संस्था किन बन्द नगर्ने ? ग्रिनक्रस अस्पताललाई पत्राचार गरेको हो । अस्पतालले कार्यरत कर्मचारीहरुलाई चार महिना देखी तलव भुुक्तानी समेत गर्न सकेको छ्रैन । त्यहाँका कर्मचारी श्रम कार्यालयमा उजुुरी बोकेर पुुगेको एक कर्मचारीले आर्थिक जानकारी दिए । त्यसैगरी अस्पतालले आफनो बैक खाता नै प्रयोग नगरी ब्यक्तिगत बैक खाताबाट कारोवार गर्ने र विशेषगरी नगदमै सबैको भुुक्तानी गर्दै आएको छ । यसबाहेक अस्पतालमा कार्यरत कुुनै पनि कर्मचारीलाई काममा खटाएर नियुुक्तिपत्र समेत नदिएको र कर्मचारीको विमा कट्टा, सामाजीक सुुरक्षा कोष र सँचय कोषमा समेत अहिलेसम्म नलगेको कर्मचारीस्रोतले बताएको छ ।