विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्यांकर चोरी भएको छ ।
भारतको पश्चिम बंगालस्थित सिलीगुुडी डिपोबाट पेट्रोल लोड भएर आएको ट्यांकर नेपाल आयल निगम प्रदेशिक कार्यालय विराटनगरको पार्किङमा पार्किङ गरी राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरकको पेट्रोल भरिएको ट्यांकर चोरी भएको हो ।
नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुस्कर कार्कीले आइतबार राति पार्किङमा राखिएको ट्यांकर बिहान मात्रै हराएको जानकारी आफूलाई आएको बताए । ट्यांकर खोजी गर्ने क्रममा उक्त तेल लोड भएको ट्यांकर सुनसरीको बर्जुस्थित हुलाकी सडकमा सुनसरी प्रहरीले फेला पारेको थियो । प्रहरीले आफ्नो नियन्त्रणमा लिएर उक्त ट्यांकरलाई मोरङ प्रहरीको जिम्मा लगाएपछी अहिले प्रहरीद्वार अनुुसन्धान सुुरु भएको छ । ट्यांकर चोरी भएको घटना सार्वजनिक भएपछी नेपाल आयल निगम प्रादेसिक कार्यालय विवादमा तानिएको छ ।
आयल निगमका प्रादेशिक प्रमुख पुष्कर कार्कीले दिएको जानकारी अनुुसार पेट्रोल लोड भएको उक्त ट्यांकरका सञ्चालक नवीन कर्ण रहेका छन् । उक्त ट्यांकरमा २० हजार लिटर पेट्रोलियम पदार्थ रहेको थियो । भारतको सिलीगुढीबाट तेल लोड गरेर गत आइतबार साझ ८ बजे पार्किङमा प्रवेश गरेको थियो । ट्यांकरलाई निगमको क्युमा राखिएको थियो । तर बिहान साढे ८ बजेतिर मात्र गाडी नभएको भन्ने जानकारी आफूहरूलाई आएको कार्कीले बताए । प्रारम्भिक नापजाँच गर्दा ट्यांकरबाट झण्डै १ हजार देखि १२ सय लिटर तेल चोरी भएको अनुमान पनि आयल निगमले गरेको छ । २० हजार लिटर तेलमा अव कति छ भन्ने कुरा प्रहरीको अनुसन्धानपछी नापजाँच गरेर मात्रै भन्न सक्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको अनुसन्धानपछी मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङलाई ट्यांकर बुुझाएको छ । अव ढुवानी प्रतिनिधि र निगमका अधिकारीहरूको रोहबरमा मुचुल्का उठाएर ट्यांकरलाई डिपोमा ल्याइने जनाइएको छ । ट्यांकरमा २० हजार लिटर पेट्रोल लोड भएर सिलीगुुढीबाट विराटनगरका लागि हिडेको थियो । सुनसरी जिल्लाको भोक्रा नसिंह गाउपालिका वडा नम्बर ८ को हुलाकि राजमार्गमा ट्यांकर बेवारिसे अवस्थामा सुनसरी प्रहरीले फेला पारेको हो ।