काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले शोभा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । महासंघको ललितपुरमा सम्पन्न २६औं राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
यसअघि उपाध्यक्ष रहेकी गुरुङले केन्दीय महिला उद्यमी समिति अध्यक्ष तथा महासंघको विभिन्न जिम्मेवारीमा काम काम गरिसकेकी छिन् । संघको वरिष्ठ उपाध्यक्षमा डम्बर प्रसाद रेग्मी चयन भएका छन् भने उपाध्यक्षहरूमा लघु उद्यमतर्फ पूर्ण बहादुर भण्डारी, घरेलु उद्योगतर्फ सत्य नारायण अग्रवाल, साना उद्योगतर्फ यादव कुमार अधिकारी, अन्तराष्ट्रिय सम्बन्धतर्फ हरिहर थापा, महिलातर्फ जानकी प्रधान, वस्तुगततर्फ मोहन कटुवाल, एसोसियट्सतर्फ रामनाथ मैनाली, सहकारीतर्फ सत्यनारायण प्रजापती, कृषितर्फ चन्द्र बहादुर बुढा क्षेत्री र नवीकरणीय ऊर्जातर्फ गुणराज ढकाल निर्वाचित भएका छन् । महासंघको महासचिवमा विनोद देव पन्त, कोषाध्यक्षमा विरेन्द्र जती, सचिवमा प्रेम बहादुर डिसी र सह कोषाध्यक्ष हेम विक्रम जिसी चयन भएको महासंघले जनाएको छ ।
यसैगरी कोषी प्रदेश सदस्यहरूमा गोपाल काफ्ले, शरण कुमार राई र रुपा कुमारी श्रेष्ठ तथा मधेश प्रदेश सदस्यहरूमा उमेश दाहाल, नविन कुमार यादव र पूर्ण कुमारी कार्की चयन भएका छन् । बागमती प्रदेश सदस्यहरूमा तारानिधि पोखरेल, रमेश ढुंगाना र पदम कुमारी कार्की तथा गण्डकी प्रदेश सदस्यहरूमा गोपी अधिकारी र विन्दु पोखरेल काफ्ले चयन भए भने लुम्बिनी प्रदेश सदस्यहरूमा बसन्त रोक्का क्षेत्री, राम चरण वि.सी. र प्रेम कुमारी पुन तथा कर्णाली प्रदेश सदस्यहरूमा अजय बहादुर गिरी, राम कृष्ण चौलागाई र सुजता कंडेल चयन भएका छन् । सदुर पश्चिम प्रदेश सदस्यहरूमा भिम वहादुर कुंवर र महेश प्रसाद दाहाल रहेका छन् । खुल्ला सदस्यहरूमा अमृत प्रसाद सिग्देल, अष्टमान मर्हजन, अष्टमान महर्जन, कनैयालाल कसौधन, जंग बहादुर गिरी, पवन अधिकारी, प्रदिप प्रसाद उदय, फुर्वा दोर्जे शेर्पा, बसन्त कुमार मर्हजन, बिक्रम सापकोटा, लवराजा सिंह, लक्ष्मण ग्वाछा, शिवलाल गिरी, सितम भण्डारी, सूर्य बहादुर थापा चयन भएका छन् ।
महिला सदस्यहरूमा उमा कुमारी खत्री, कमला बास्कोटा रिजाल, तुलसा कुमारी कंडेल, रुपा देवी श्रेष्ठ, लक्ष्मी घिमिरे बस्नेत, लिला कुमारी पाण्डे, शर्मिला अधिकारी चयन भएका छन् । वस्तुगत संघतर्फ सदस्यमा कुमार कसजु श्रेष्ठ, ङिमा शेर्पा, ठाकुर प्रसाद न्यौपाने, राम कृष्ण श्रेष्ठ, रामहरी तोलाङ र रीता ढकाल दवाडी चयन भए भने एशोसियटसतर्फ ईन्द्र बहादुर थापा क्षेत्री, खडक बोगटी, खोजराज कटुवाल, बसन्त कुमार पाण्डे, मन्दिरा महर्जन तथा सहकारीतर्फ अमृत बहादुर कार्की, कृष्णराम ग्वाछा र नवीकरणीय ऊर्जातर्फ एब वहादुर मगर, कृष्ण प्रसाद ढकाल, तेज नारायण ठाकुर, प्रकाश विक्रम बस्नेत, सुलोचना खतिवडा रहेका छन् ।
यस्तै केन्दीय महिला उद्यमी समितितर्फ अध्यक्षमा रीता अवाल निवार्चित भएकी छिन् भने समितिको वरिष्ठ उपाध्यक्षमा शान्ति शर्मा, उपाध्यक्षमा उद्यम व्यवसायतर्फ शर्मिला खत्री, संगठनतर्फ सोनी महतो, महासचिवमा सुलोचना श्रेष्ठ, कोषाध्यक्षमा मिना तामाङ र सचिवमा दिपा शाक्य निर्वाचित भएका छन् । महिला उद्यमी समिति सदस्यहरूमा अर्चना सिलवाल कंडेल, इरा शर्मा प्रसाईँ, कुमारी राधिका ऐर, कृष्णा कुमारी पौड्याल, गीता सिम्खडा, पविता गिरी, प्रकृती खडका, रीता भट्टराई, विमला थापा, सुमित्रा सापकोटा, सरीता श्रेष्ठ, सुजिता दुवाल बैदार रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष गुरुङले महासंघको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरूको हक हितमा काम गर्ने बताईन् । यस्तै केन्द्रीय महिला उद्यमी समितितर्फ अध्यक्षमा रीता अवालले नयाँ नेतृत्व चयनसँगै टिमवर्कमा काम गर्न जरुरी रहेको उल्लेख गरिन् ।