काठमाडौं । विश्वप्रसिद्ध हिमाल आरोही गेल्जे शेर्पाले शाओमी–१७ अल्ट्रा स्मार्टफोनले खिचेको भिडियो सार्वजनिक भएको छ ।
अत्यधिक चिसो, कम अक्सिजन, तीव्र हावा र जोखिमले भरिएको वातावरणमा शाओमी–१७ अल्ट्राले दुर्लभ र भावनात्मक क्षणहरूलाई उत्कृष्ट गुणस्तरमा कैद गरेको छ । ‘शाओमीले सार्वजनिक गरेको यो भिडियो कुनै स्टुडियोमा तयार गरिएको दृश्य होइन’, कम्पनीले भनेको छ, ‘यो २०२६ को मे महिनामा गेल्जे शेर्पाले सगरमाथा आरोहणका क्रममा खिचेको वास्तविक भिडियो हो । गेल्जे शेर्पा जसको नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डसहित केही विश्व कीर्तिमानहरू पनि रहेका छन ।’ कम्पनीका अनुसार भिडियोमा देखिने प्रत्येक दृश्य, प्रत्येक पाइला र प्रत्येक अनुभूति कृत्रिम नभई सगरमाथाको वास्तविक कथाको एक अंश हो । भिडियोले हिमाल आरोहणको वास्तविक संघर्षलाई अत्यन्त नजिकबाट प्रस्तुत गरेको कम्पनीले जनाएको छ । कठिन वातावरणमा पनि एउटा स्मार्टफोनले प्रभावशाली दृश्य कैद गर्न सक्छ भन्ने प्रष्ट पारेको कम्पनीले जनाएको छ । ‘भिडियोमा कृत्रिम प्रस्तुति छैन, अनावश्यक संवाद छैन, केवल एउटा सत्य कथा छ’, कम्पनीद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ, ‘शाओमीका लागि यो केवल नयाँ फ्ल्यागसिप स्मार्टफोनको परिचय मात्र होइन, प्रविधिले मानिसको सपनालाई कसरी अझ उचाइसम्म पुर्याउन सक्छ भन्ने विश्वासको अभिव्यक्ति पनि हो ।’
शाओमीले संसारकै सर्वोच्च र सबैभन्दा कठोर प्राकृतिक परिवेशलाई आफ्नो वास्तविक परीक्षणस्थल बनाएको जनाएको छ । यसले क्यामेराको क्षमता मात्र नभई उपकरणको विश्वसनीयता, टिकाउपन र चरम परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने आत्मविश्वासलाई उजागर गरेको कम्पनीको दाबी छ ।