काठमाडौं, बजाज पल्सरको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ । पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जना(त्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो ।
मौसम र कार्यक्रमस्थलसम्मको पहुँचमा केही चुनौती रहे पनि दर्शकको उल्लेखनीय उपस्थिति देएिको कम्पनीले जनाएको छ । कार्यक्रममा पल्सर एन१६० मार्फत प्रस्तुत गरिएका रोमाञ्चक मोटरसाइकल स्टन्टले दर्शकको ध्यान आकर्षित गरेको थियो । त्यस्तै, फ्रिस्टाइल र स्ट्याटिक्स विधामा आयोजित क्यालिस्थेनिक्स प्रतियोगितामा खेलाडीहरूले आफ्नो शारीरिक क्षमता, सन्तुलन र कौशल प्रदर्शन गरेका थिए ।
अवार्ड विजेता खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो । कार्यक्रममा स्थानीय बीएमएक्स राइडर, स्केटबोर्डर, ब्रेकिङ कलाकार, ग्राफिटी आर्टिस्ट तथा आर्म रेस्लिङका सहभागीहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमस्थलमा पल्सर एन१६० र एनएस२०० को प्रदर्शनका साथै टेस्ट राइडको व्यवस्था गरिएको थियो ।