काठमाडौं, गोकर्णेश्वर नगरपालिका–५ स्थित नयाँ बस्ती युवा क्लबले ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा क्लबको ४०औँ वार्षिकोत्सवका अवसरमा दुई स्रष्टालाई सम्मान गर्ने भएको छ ।
क्लबले आगामी कात्तिक २२ गते लक्ष्मीपूजाका दिन आयोजना गर्ने विशेष समारोहमा नेपाली समालोचना क्षेत्रका विशिष्ट व्यक्तित्व प्राडा वासुदेव त्रिपाठी र युवा सर्जक एवं समाजसेवी निर्मल अर्याललाई सम्मान गर्न लागेको हो । क्लबका अध्यक्ष चन्द्रमणि गौतमका अनुसार कार्यक्रममा प्रा. डा. त्रिपाठीलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरिनेछ भने युवा सर्जक अर्याललाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिने क्लबका सचिव रामचन्द्र दंगालले जानकारी दिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा त्रिपाठी नेपाली साहित्य तथा समालोचनाका क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्व हुन् । अर्याललाई समाजसेवा तथा सिर्जनात्मक क्षेत्रमा पु¥याएको योगदानका लागि सम्मान गर्न लागिएको क्लबले जनाएको छ । सम्मान समारोहअघि क्लब परिसरमा स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गरिनेछ ।
समाजसेवा, साहित्य, खेलकुद तथा स्वास्थ्यलगायतका क्षेत्रमा लामो समयदेखि विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको क्लबले आफ्नो ४०औँ वार्षिकोत्सवलाई स्रष्टा सम्मान कार्यक्रमसँग जोडेर मनाउन लागेको हो ।