काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सल्लाहकारका रूपमा राख्ने निर्णय गरिएको हो ।
पछिल्ला विवादास्पद घटनाक्रममा आईजीपी कार्कीको समेत भूमिका रहेको भन्दै सरकारले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । सिधै बर्खास्त गर्दा कानुनी जटिलता आउन सक्ने देखिएपछि सरकारले उनलाई पदमुक्त गरी प्रधानमन्त्री कार्यालय मातहत जिम्मेवारी दिने विकल्प रोजेको बताइएको छ ।
यसैबीच, सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन् ।