काठमाडौं, सामसङ मोबाइल नेपालले ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन २४ महिनाको किस्ताबन्दी योजनामा उपलब्ध गराएको छ । कम्पनीका अनुसार ग्राहकले उक्त स्मार्टफोन मासिक १ हजार २२१ रुपैयाँदेखि किस्तामा खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ६ जीबी ¥याम र १२८ जीबी स्टोरेज भएको ग्यालेक्सी ए१७ फाइभजीको मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ । उक्त भेरियन्टको मासिक किस्ता १ हजार २२१ रुपैयाँ हुनेछ । त्यस्तै, ८ जीबी ¥याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य ४८ हजार ९९९ रुपैयाँ तथा मासिक किस्ता १ हजार ३३० रुपैयाँ तोकिएको छ । ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको मोडलको मूल्य ५६ हजार ९९९ रुपैयाँ र मासिक किस्ता १ हजार ५४७ रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीले पुरानो स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी ए१७ फाइभजी खरिद गर्ने ग्राहकलाई ३ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार यस सुविधाबाट ग्राहकको शुरुको भुक्तानी रकम शून्य प्रतिशतसम्म हुन सक्नेछ । कम्पनीले ईएमआई योजना तथा एक्सचेन्ज सुविधासम्बन्धी थप जानकारीका लागि नेपालभरका आधिकारिक सामसङ स्टोर तथा खुद्रा बिक्री केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ ।