काठमाडौं, काठमाडौंको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने झापा घर भएका ३६ वर्षीय उमेश मुखियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१० संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय घनश्याम बस्नेतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाको हल्दीबारी गाउँपालिका–२ कदम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५५ मिलिग्रामसहित भद्रपुर नगरपालिका–७ बस्ने २३ वर्षीय सुबास राजवंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ४१ ट्याब्लेट, डाइक्लोमाइन १ हजार २ सय ३० ट्याब्लेट र नगद ५३ हजार २ सय १० रूपैयाँसहित सोही उपमहानगरपालिका–५ जनताबस्ती बस्ने मोरङ घर भएका २६ वर्षीय निकेश माझीसमेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै, प्रहरीले उनीहरूले प्रयोग गरेको को ३६ प ५५४७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
दाङको तुलसीपुर उपमहा नगरपालिका–९ सल्लेवनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय प्रेम बहादुर डाँगी र सोही उपमहानगरपालिका–८ बस्ने २९ वर्षीय बीर बहादुर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी दाङको लमही नगरपालिका–५ सुनखोली गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित गढवा गाउँपालिका–६ गढवा बस्ने भारत घर भएका २३ वर्षीय नसिव अहमदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र नगद ६ हजार रूपैयाँसहित शिवराज नगरपालिका–९ बानियाभार बस्ने २२ वर्षीय अर्जुन सुनारसमेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहादुरगंजसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाइटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेटसहित सोही ठाउँ बस्ने धादिङ धुनीबेशी नगरपालिका–२ घर भएका २९ वर्षीय सुरज लुइटेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१६ स्वामीचोक बस्ने २१ वर्षीय विदुर कार्कीलाई नियन्त्रित लागूऔषध स्पास्पेन ४ सय २८ ट्याब्लेट र ट्रामाडोल ५ सय ४८ ट्याब्लेटसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।