काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन सात दशमलव १७ अंकले बढेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार १० दशमलव ६७ अंकले ओरालो लागेर २६ सय १८ दशमलव ७२ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५४ अंकले ओरालो लागेर चार सय ६१ दशमलव ३४ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४४ वटा कम्पनीहरुको ५९ हजार आठ सय पाँच पटकको कारोबारमा एक करोड २२ लाख सात सय ६५ कित्ता शेयर खरिद बिक्री भएकाछन । जसबाट आज कुल कारोबार रकम चार अर्ब १६ करोड ७६ लाख १८ हजार आठ सय ८२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैक, फाईनान्स, जलबिद्युत जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।