काठमाडौं ,अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनलमा अतिरिक्त समयमा निर्णायक गोल गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि उचालेको हो ।निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनका फरवार्ड फेरान टोरेसले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनको १०६औँ मिनेटको गोल नै स्पेनको जितका लागि निर्णायक बन्यो ।
अर्जेन्टिना खेलको अन्तिमतिर १० खेलाडीमा सीमित भएको थियो । एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिनुपरेको थियो । त्यसपछि स्पेनले अर्जेन्टिनामाथि थप दबाब सिर्जना गर्दै अग्रता कायम राख्न सफल भयो ।
स्पेनले खेलको अधिकांश समय बलमा नियन्त्रण राख्दै अर्जेन्टिनालाई दबाबमा राखेको थियो । यससँगै सन् २०१० पछि पहिलोपटक स्पेनले विश्वकपको उपाधि जितेको हो । ज्ञट वर्षपछि विश्वकपको ट्रफी उचाल्दै स्पेनले आफ्नो फुटबल इतिहासमा अर्को स्वर्णिम अध्याय थपेको छ ।