धनगढी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् ।मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमार्फत संवाद गरेपछि सरकारका तर्फबाट वार्तामार्फत अनशनको निकास खोज्ने प्रयास अघि बढाइएको हो । त्यसै क्रममा सचिव पौडेललाई डा। केसीसँग वार्ता गर्न धनगढी पठाइएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।सरकारले डा। केसीको अनशनलाई वार्ता र संवादमार्फत सहमतिपूर्ण ढङ्गले टुंग्याउने प्रयासलाई तीव्र बनाएको जनाएको छ ।