बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो, तीज । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरी चेलीलाई भेट्ने र सकेसम्म माइती फर्कने प्रचलन छ, जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुःखका कुराकानी गर्ने अवसरसमेत जुटाइदिन्छ ।
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ । आद्य शक्ति भगवान् शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रतराखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिन्छ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
हरितालिका तीज नेपाली महिलाहरूको एउटा पवित्र र महत्त्वपूर्ण पर्व हो । यसको आफ्नै पौराणिक पृष्ठभूमि, धार्मिक आस्था, सांस्कृतिक परम्परा र आधुनिक सन्दर्भ छ । पौराणिक मान्यताअनुसार हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न निराहार र जलसमेत नपिई कडा तपस्या गर्नुभएको थियो । पार्वतीको यो निष्ठा र समर्पणबाट प्रसन्न भई शिवले उहाँलाई पत्नीको रूपमा स्वीकार गर्नुभएको विश्वास गरिन्छ । धार्मिक आस्थाअनुसार विवाहित महिलाहरू पतिको दीर्घायु, सुस्वास्थ्य र पारिवारिक समृद्धिका लागि तथा अविवाहित कन्याहरू योग्य वर प्राप्तिको कामना गर्दै यो व्रत बस्छन् ।तीजको अन्तिम दिन सप्तऋषिको पूजा गरी अन्जानमा भएका गल्ती वा त्रुटिहरूबाट मुक्ति मिल्ने र आध्यात्मिक शुद्धता प्राप्त हुने धार्मिक विश्वास छ ।
तीज चेलीबेटीलाई माइतीघरमा ल्याएर सम्मान गर्ने पर्व हो । वर्षभरि टाढा रहेका दिदीबहिनी र आमा–छोरी एकै ठाउँमा भेला भई आफ्नो दुःख–सुख साटासाट गर्छन् । व्रतको अघिल्लो रात मीठा र पोषिला परिकार (दर) पकाएर परिवार तथा साथीभाइसँग खुसी बाँड्दै खाने मौलिक परम्परा छ । परम्परागत रूपमा तीजका लोकगीतहरू महिलाका अनुभव, समाजका थिचोमिचो, सासू–बुहारीको सम्बन्ध र अधिकारका कुराहरू पोख्ने सशक्त माध्यम हुन् ।
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमान्को घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्त्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रतबसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी व्रत बस्छन । व्रतको समयमा महिलाहरूले तीजको व्रत कथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।
आजको सन्दर्भमा तीजको मौलिक र आध्यात्मिक पक्षभन्दा पनि गहना, महँगा कपडा र धनसम्पत्तिको प्रदर्शन बढी हुन थालेको छ । तीज आउनुभन्दा महिनौँ अघिदेखि पार्टी प्यालेसहरूमा महँगा र भड्किला दर कार्यक्रमहरू आयोजना गर्ने होडबाजीले गर्दा मध्यम र न्यून आय भएका परिवारलाई सामाजिक दबाब पर्ने गरेको छ । तीजका परम्परागत लोकगीतको ठाउँमा व्यावसायिक, डिस्को शैलीका वा दोहोरो अर्थ लाग्ने गीतहरूले प्रश्रय पाउँदा तीजको सांगीतिक गम्भीरता र मौलिकता घट्दै गएको छ । धार्मिक निष्ठाका नाममा आफ्नो शारीरिक क्षमता नहेरी कडा व्रत बस्ने वा दरको नाममा अस्वास्थ्यकर परिकारहरू खाने गर्नाले स्वास्थ्य समस्याहरू देखिने गरेका छन् ।
पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नहुँदा एकदिन भए पनि मीठो मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौँ अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्वको व्यग्र प्रतीक्षामा हुन्थे । विद्युतीय उपकरण र साधन नहुँदा महिलाहरू समूहमा भेला भई डम्फु, मादल, थपडी र मुर्चुङ्गामा नजिकैको मन्दिर, स्कुल, चौपारी वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुन्जाउँथे । गाउँथे, नाच्थे । भने अहिले त मोबाइल, रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् ।
हरितालिका तीज नेपाली महिलाहरूको एउटा मुख्य र पवित्र पर्व हो । यसको आफ्नै धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान छ । तर, समयको परिवर्तनसँगै यस मनाउने शैलीमा केही तडकभडक र विकृतिहरू पनि देखिन थालेका छन् ।
१. धार्मिक महत्व :
माता पार्वती र भगवान् शिवको कथाः पौराणिक मान्यताअनुसार माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउनका लागि निराहार र जलसमेत नपिई कठोर व्रत बस्नुभएको थियो । उहाँको तपस्याबाट प्रसन्न भई शिवले पार्वतीलाई पत्नीको रूपमा स्वीकार गर्नुभएको विश्वास गरिन्छ ।
व्रत र पूजाआजा : तीजको मुख्य दिन महिलाहरू निराहार व्रत बसेर शिव–पार्वतीको पूजा गर्छन् । विवाहित महिलाहरू पतिको दीर्घायु, सुस्वास्थ्य र दाम्पत्य जीवनको सफलताका लागि तथा अविवाहित कन्याहरू योग्य र गुणी वर प्राप्तिको कामनासहित यो व्रत बस्छन् ।
ऋषि पञ्चमी : तीजको तेस्रो दिन (ऋषि पञ्चमी) सप्तऋषिको पूजा गरी महिलाहरूले अन्जानमा भएका पाप वा त्रुटिहरूबाट मुक्ति मिल्ने धार्मिक विश्वास राख्छन् ।
२. सांस्कृतिक महत्व
माइती र चेलीको सम्बन्धः तीज चेलीबेटी र माइतीबीचको आत्मीयता नवीकरण गर्ने पर्व हो । वर्षभरि टाढा रहेका दिदीबहिनी र आमा–छोरी एकै ठाउँमा भेला भई दुःख–सुख साटासाट गर्छन् ।
गीत र नृत्यमार्फत अभिव्यक्तिः तीजका पारम्परिक लोकगीतहरूमा महिलाहरूले आफ्नो जीवनका वेदना, समाजका कुरीति, सासू–बुहारीको सम्बन्ध र अधिकारका कुराहरू गीतमार्फत व्यक्त गर्छन् । यो महिला सशक्तिकरण र सामाजिक चेतनाको माध्यम पनि हो । दर खाने परम्पराः व्रतको अघिल्लो रात मीठा–मीठा परिकार (दर) पकाएर परिवार र साथीभाइसँग खुसी साट्दै खाने परम्परा छ, जसले सामाजिक सद्भाव र एकता बढाउँछ ।
३. आजका विकृति र चुनौतीहरू
अत्यधिक तडकभडक र देखावटीपनाः पछिल्लो समय तीज पर्व श्रद्धा र भक्तिभन्दा पनि गहना, कपडा र धनसम्पत्तिको प्रदर्शन गर्ने माध्यम बन्दै गएको छ ।
महिनाव्यापी भड्किलो ’दर कार्यक्रम’: तीज आउनुभन्दा एक–दुई महिना अघिदेखि नै पार्टी प्यालेसहरूमा महँगा र भड्किला दर कार्यक्रमहरू आयोजना गर्ने होडबाजी चलेको छ, जसले आर्थिक रूपमा कमजोर परिवारहरूलाई दबाब सिर्जना गर्छ । मौलिकता गुमाउँदै गएका गीतहरूः परम्परागत लोकगीत र सिर्जनात्मक अभिव्यक्तिभन्दा भल्गर र डिस्को शैलीका व्यावसायिक गीतहरूले तीजको मौलिकता र गम्भीरतालाई घटाउँदै लगेका छन् ।
स्वास्थ्यमा जोखिमः धार्मिक निष्ठाको नाममा आफ्नो स्वास्थ्य अवस्थाको बेवास्ता गरी कडा व्रत बस्ने वा दरको नाममा अस्वास्थ्यकर र बढी चिल्लो खानेकुरा खाने प्रवृत्तिले स्वास्थ्य समस्याहरू निम्त्याइरहेको छ ।
तीजको वास्तविक मर्म, धार्मिक आस्था र सामाजिक एकतालाई जीवन्त राख्न देखावटीपन र भड्किलोपनलाई त्यागी यसलाई मर्यादित र मौलिक स्वरूपमा मनाउनु आजको आवश्यकता हो । तीजको वास्तविक मर्म, धार्मिक आस्था र सांस्कृतिक सुन्दरतालाई बचाइ राख्न भड्किलोपन र विकृतिहरूलाई त्याग्दै यसलाई अनुशासित, मर्यादित र मौलिक रूपमा मनाउनु आजको आवश्यकता हो ।
तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिष्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । आर्थिक भार बढिरहेको छ भने गरिबहरूलाई पर्व कसरी मनाउने भनेर चिन्ता पनि थपिँदै छ । यो निकै नराम्रो पक्ष हो ।
सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि यसको आस्था र महत्त्व उत्तिकै छ । त्यसैले यसलाई संरक्षण र सम्बर्द्धन गर्दै अगाडि बढ्नुपर्ने आजको पुस्ताको जिम्मेवारी र दायित्व हो ।