काठमाडौं, शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ । नयाँ सिरिजमा रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७ प्रो ५जी र रेडमी नोट १७ प्रो म्याक्स ५जी रहेका छन् । लामो समयसम्म चल्ने ब्याट्रीका कारण बारम्बार चार्जर बोक्नुपर्ने झन्झट कम हुने कम्पनीले जनाएको छ ।
रेडमी नोट १७ र नोट १७ ५जी मा ७,७०० एमएएच क्षमताको ब्याट्री र ४५ वाट टर्बो चार्जिङ दिइएको छ । त्यस्तै, रेडमी नोट १७ प्रो ५जी मा ८,३४० एमएएच ब्याट्री र ६७ वाट हाइपरचार्ज रहेको छ । यसैगरी, रेडमी नोट १७ प्रो म्याक्स ५जी मा १० हजार एमएएच क्षमताको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा रहेको छ । कम्पनीका अनुसार यसको ब्याट्री एकपटक पूर्ण चार्ज गर्दा ७२ घण्टासम्म प्रयोग गर्न सकिन्छ। साथै, २० मिनेट चार्ज गर्दा एक दिनसम्म प्रयोग गर्न पुग्ने ब्याट्री क्षमता प्राप्त हुने कम्पनीको दाबी छ ।
सिरिजमा समावेश रेडमी टाइटन ब्याट्री सिस्टम ले ब्याट्रीको आयु बढाउनुका साथै ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कम्पनीले जनाएको छ । आकर्षक डिस्प्ले र उन्नत क्यामेरा : प्रो मोडलमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा अधिकतम ३,५०० निट्ससम्मको ब्राइटनेस रहेको छ । त्यस्तै, रेडमी नोट १७ र नोट १७ ५जी मा ६.९९ इन्चको एफएचडी प्लस एमोलेड डिस्प्ले दिइएको छ ।
रेडमी नोट १७ र नोट १७ ५जीमा ५० मेगापिक्सेल मुख्य क्यामेरा र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । रेडमी नोट १७ प्रो ५जी मा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। त्यसैगरी, रेडमी नोट १७ प्रो म्याक्स ५जी मा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ । यसको प्रो मोडलहरू रेडमी टाइटन स्ट्रक्चरसहित निर्माण गरिएका छन् । यी मोडलमा धुलो तथा पानीबाट सुरक्षाका लागि आईपी६६, आईपी६८, आईपी६९ र आईपी६९के स्तरको सुरक्षा रहेको छ । रेडमी नोट १७ र नोट १७ ५जीमा भने आईपी६५ स्तरको सुरक्षा दिइएको छ । प्रदर्शनका लागि सिरिजका विभिन्न मोडलमा स्न्यापड्रागन ६ जेन ५, स्न्यापड्रागन ६एस जेन ४, स्न्यापड्रागन ६एस ४जी जेन २ र स्न्यापड्रागन ४ जेन ४ चिपसेट प्रयोग गरिएको छ ।
नेपालमा रेडमी नोट १७ को ६जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ४२ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी ¥याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७ हजार ९९९ रुपैयाँ रहेको छ । त्यसैगरी, रेडमी नोट १७ ५जी को ६ जीबी ¥याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७ हजार ९९९ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ रहेको छ । रेडमी नोट १७ प्रो ५जी अन्तर्गत ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५७ हजार ९९९ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, रेडमी नोट १७ प्रो म्याक्स ५जी को ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९९९ रुपैयाँ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ७९ हजार ९९९ रुपैयाँ रहेको छ । रेडमी नोट १७ र नोट १७ ५जी सेलेस्टियल पर्पल, स्काइ टिल र ब्ल्याक रङमा उपलब्ध छन् भने रेडमी नोट १७ प्रो ५जी स्काइ ब्लु, साटिन ओरेन्ज, पर्पल र ब्ल्याकमा उपलब्ध छ । प्रो म्याक्स ५जी भने क्लाउड ब्लस, ग्रिन, पर्पल र ब्ल्याक रङमा उपलब्ध छ । रेडमी नोट १७ प्रो सिरिज खरिद गर्ने ग्राहकले २ हजार ४९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले निःशुल्क प्राप्त गर्नेछन् । यो अफर सेप्टेम्बरको अन्त्यसम्म लागू हुने कम्पनीले जनाएको छ ।