काठमाडौं । जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश उमेश लुइँटेलको इजलासले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो । आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा सांसद रचना खतिवडाले दिएको जाहेरीका आधारमा प्रसाईं पक्राउ परेका थिए ।