काठमाडौं, नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका अनुसार १२ लाख कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको हो ।
कम्पनीका संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्नका लागि निवेदन दिएकाले कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले एक सय रुपैयाँ अंकित दरमा उक्त सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिकाबमोजिम संस्थापकले आफ्नै समूहका सेयरधनीलाई प्राथमिकता दिई सेयर बिक्री ÷नामसारी गर्नु पर्ने व्यवस्था रहेको छ । यसै हिसाबले हाल कायम संस्थापक सेयरधनीहरुका लागि मात्रै उक्त सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
संस्थापक सेयरधनीहरुले आफूले लिन चाहेको कित्ता र प्रति कित्ता मूल्यसमेत उल्लेख गरी यस कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने छ । उक्त अवधिभित्र कुनै संस्थापक सेयरधनीको निवेदन प्राप्त नभएमा वा बिक्रीमा रहेको कित्ता भन्दा कम कित्ताको लागि निवेदन प्राप्त भएमा नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उपरोक्त सेयरहरु बिक्री गर्न आवश्यक प्रकृया अगाडि बढाइने कम्नपीले जानकारी दिएको छ ।