काठमाडौंं, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले २०८३ वैशाख महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं सांकृतिक कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा विभागिय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुखहरूलगायत कम्पनीका वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरू गरी करिब तीन सय जनाको उपस्थिती रहेको थियो ।
समुद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रशाद खत्रीले आर्थिक वर्ष २०८३/८३ मा कम्पनीले प्रथम बीमा शुल्कसहित समग्र सूचकांकमा उत्कृष्टता हासिल गर्न सफल भएकोमा यस सफलताका लागि सहयोग गर्नुहुने नियमनकारी निकाय, ग्राहक वर्गहरू, अभिकर्ता साथीहरूलगायत कम्पनीसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिनुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै, वहाँले नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गर्दै ग्राहकवर्गहरूलाई अझ बढी सेवा र सुविधा प्रदान गर्न थप जिम्मेवार भएर आ–आफ्नो स्थानबाट सहयोग गर्दै अघि बढाउन निरन्तर साथ मिल्ने अपेक्षासहित अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउनेतर्फ कम्पनीको विशेष ध्यान रहने विचार व्यक्त गरे ।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरूलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधी एमडीआरटीको लक्ष्य पूरा गर्नका लागि अपनाउनुपर्ने क्रियाकालपहरूको बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्नुहुँदै गहन प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमको समापनतर्फ स्ट्यान्ड अप कमेडीयन सुमन कार्कीको कमेडी प्रस्तुतिसहित नेपालका चर्चित कलाकारहरू रामचन्द्र काफ्ले र जुनु रिजालको बेजोड सांगितिक प्रस्तुति रहेको थियो भने कन्सर्टको मुख्य आरम्भ नेपलाका चर्चित गायक दिपक बज्राचार्य एन्ड रिदम व्यान्डको लाइभ प्रस्तुति र चर्चित डि.जे. डिजे अमुको प्रस्तुतिमा सहभागी अभिककर्ताहरूले भरपुर मनोरञ्जन लिएका थिए ।