काठमाडौं, रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हुनगएकोे जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दे प्राइम कमर्सियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एक लाख रुपैयाँ आर्थिक सहयोग तथा सात लाख बराबरको विभिन्न खाद्यान्न सामग्रीहरु सहयोग प्रदान गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो ।
प्राइम कमर्सियल बैंकले देशमा आएका प्रकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायहरुलाई आवश्यक सहयोग गर्दे आएको छ । यसअघि पनि बैंकले विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगहरु प्रदान गर्दै आएको छ । प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायहरुको राहत र पुनःस्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिवद्धतासमेत बैंकले व्यक्त गरेको छ ।