काठमाडौँ, बर्जर पेन्ट्सले ‘रंग बहार’ ग्राहक योजना अभियान सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वको अवसरलाई लक्षित गरी उक्त अभियान सार्वजानिक गरेको हो । यस अभियानअन्तर्गत ग्राहकहरूले यामाहा रेजेडआर १२५ हाइब्रिड स्कुटरसहित ३५० भन्दा बढी आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । ‘बर्जर रंग बहार, उपहारै उपहार; लक्की ड्रको बम्परमा यामाहा रेजेडआर’ भन्ने नाराका साथ यो योजना ल्याएको हो । बर्जर पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहकहरूले आफ्ना घरलाई नयाँ, आकर्षक र जीवन्त रङले सजाउँदै विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।
यस अभियानअन्तर्गत ६५ इन्च फोरके स्मार्ट टीभी १ थान, २५३ लिटरका रेफ्रिजेरेटर २ थान, ८ केजीको वासिङ मेसिन ३ थान र ५ थान माईक्रोवेभ ओभन जित्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै अन्य विभिन्न उपहारसहित कुल ३६२ आकर्षक उपहार जित्ने अवसर रहेको छ । यस अभियानमा सहभागी हुन ग्राहकले भ्याटसहित न्यूनतम १ लाख रुपैयाँ बराबरको बर्जर पेन्ट्सका उत्पादन खरिद गर्नुपर्नेछ, यसमा वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो, वेदरकोट अल गार्ड, सिल्क ग्यामर ग्लो, सिल्क लक्जरी, रुफ कुल एण्ड सिल, ड्याम्प सिल्ड इलास्टो÷सिल एन्ड ओ प्राइम प्रिमियम उत्पादनहरूबाट न्यूनतम १२० लिटरको खरिद अनिवार्य हुनुपर्ने जनाइएको छ ।