काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको विनाशाकारी बाढीमा परी दक्षिणकाली नगरपालिकाका एक स्थानीय युवकको ज्यान गएको छ भने ११ जना अझै बेपत्ता रहेका छन् । मृत्यु हुनेमा नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय रोहन श्रेष्ठ रहेका छन् । श्रेष्ठको शनिबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । श्रेष्ठका हजुरआमा, बुबा, आमा र एक बहिनी रहेका छन् । नगरपालिका अन्य ११ जनाको अवस्था भने अझै अज्ञात रहेको नगरपालिकाका मेयर मोहन बस्नेतले जानकारी दिए ।
नगरपालिकाअनुसार बेपत्ता हुनेमा वडा नं ७ का प्रदीप श्रेष्ठ, वडा नं ८ का कृष्ण मुरारी अर्याल, वडा नं ९ का सञ्जय थापा, अनिश घिमिरे, मैया भण्डारी, सुवेश भण्डारी, सुवेक्षा भण्डारी रहेका छन् । मेयर बस्नेतले नगरपालिकाका करिब ६० जनाभन्दा एक जनाको मृत्यु हुँदा ११ जना बेपत्ता र अन्य बाँकी सदस्यहरु सकुशल रहेका छन् । अर्याल भने बा १९ च ९७३६ को महेन्द्रको बोलेर सवारी साधान लिएर अन्य स्थानीयसँगै यात्रामा निस्किीएका हुन् । बेपत्ताहरु सम्पर्कमा नआउँदा घरपरिवार, आफन्त, इष्टमित्रलगायतहरुले चिन्ता व्यक्त गरिरहेको नगरपालिका अधिकारीहरुले बताएका छन् । नगरपालिकाको अधिकांश जसो स्थानीयहरु जनैपूर्णमाको अवसर पारेका गोसाइकुण्ड यात्रमा निस्केकका पाइएको छ । उक्त यात्राामा निस्कने मध्ये धेरै सकुशल रहेको छन् । वडा नं ३ का स्थानीय निर्मल केसी, विकास केसी, सञ्जय केसी, वडा नं २ का अर्जुन मगर , वडा नं ६ का धुव्र श्रेष्ठलगायतका सदस्यहरु आफू सकुशल रहेको छन् । उनीहरुले सामािजक सञ्जालमार्फत सकुशल रहेको जानकारी दिएका छन् ।
निर्मले केसीले गोसाइकुण्को यात्रा सम्पन्न गरी सकुशल फर्किएको बताए । केसीले आफसँगै गएको सबै सदस्यहरु सकुशल घर फर्किएको बताए । धु्रव श्रेष्ठले भाग्यका कारण आफू सकुशल रहेको बताए । सानो भाग्य लिएर जन्मेको मान्छे सबैको भाग्यले बचायो भन्दै श्रेष्ठल यात्रामा निस्किदाँ ७ बजे घरबाट गोसाइँकुण्डको यात्रा सुरू गरेर ९ बजेतिर खाना समय राखेका थियौं तर वेत्रावतीतिर करिब डेढ घण्टा ढिला हुँदा आफूलगायत सबै साथीहरु यात्रााा सकशुल रहेको बताए । प्राकृतिक प्रकोपपछि आफैँलाई सम्झने सबैलाई धन्यवाद दिँदै श्रेष्ठले दुप्चेश्वर हुँदै गोसाइकुण्डको मेला पूरा गरेको जानकारी गराए । नगरपालिकाले यात्रामा निस्किएका ६० जना भन्दा बढी सकुशल घर फर्किएको जनाएको छ ।
मेयर बस्नेतले स्थानीयको खोजीका लागि आइतबार बिहान एक टोली नुवाकोट जाने बताए । नगरपालिकाको समूह र बेपत्ता परिवारका सदस्य लिएर आइतबार ७ बजे नुवाकोट जान तयारी रहेको छ ।