Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिआज दिवंगत पितृको सम्झनामा छरियो शतबीज

आज दिवंगत पितृको सम्झनामा छरियो शतबीज


काठमाडौं । बालाचतुर्दशी पर्वको अवसरमा आज देशभरिका शिवालयहरूमा शतबीज छर्ने भक्तजनहरुको घुइँचो लागेको छ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि देशभरका शिवालयमा दिवङ्गत पितृको नाममा बत्ती बालिन्छ र भोलिपल्ट कृष्ण चतुर्दशीको बिहान पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ ।

आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन पशुपतिनाथ लगायतका देशभरिका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ ।

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन् । आज भक्तजनले सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो आदि) छर्दै दिवङ्गत पितृको सद्गतिको कामना गरेका छन् ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया