Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिमनोरञ्जनउत्कृष्ट पाँच फिल्मी गीतमा शर्माका दुई गीत

उत्कृष्ट पाँच फिल्मी गीतमा शर्माका दुई गीत


काठमाडौं । २०७९ मा रिलिज भएका हिट चलचित्र संगीतमध्ये दिपक शर्मा पहिलो नम्बरमा रहेका छन् । गएको वर्ष उत्कृष्ट पाँच फिल्मी गीतमध्ये संगीतकार दीपक शर्माको गीत सर्वाधिक दर्शकको रोजाइमा परेको छ ।

२०७९ सालमा रिलिज भएका चलचित्रका गीतको सूची हेर्दा उत्कृष्ट पाँचमा संगीतकार दीपक शर्माका दुई वटा गीत परेका छन् । गएको वर्ष सर्वाधिक ‘मायाँ जदौ…’ ले युट्युबमा २६ मिलियन अर्थात दुई करोड ६० लाखभन्दा बढी भ्युज पाएको छ । यो नै २०७९ मा रिलिज भएका चलचित्रका गीतहरुमध्ये सबैभन्दा बढी भ्युज कमाएको गीत हो । चलचित्र हिजो आजका कुराको यो गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ । गीत सर्वाधिक हिट हुँदा आफ्नो चलचित्रको व्यापारमा पनि त्यत्तिकै सहयोग पुगेको निर्माता एवं अभिनेता सन्तोष पन्तले बताएका छन् ।

यस्तै २०७९ सालमा रिलिज भएका चलचित्रको गीतमा सर्वाधिक भ्युज पाएको दोश्रो स्थानको गीत चलचित्र ‘प्रेमगीत–३’ को हर युग होस…छ । एलिश कार्कीले संगीत भरेको यो गीतले साँढे २२ मिलयन अर्थात् दुई करोड २५ लाखभन्दा बढी भ्युज पाएको छ । यो गीतलाई प्रताप दास र प्रविशा अधिकारीले गाएका हुन् । यो गीतको सफलताले पनि फिल्मको व्यापारमा राम्रो साथ दिएको निर्माता सन्तोष सेनको कथन छ । यसरी २०७९ सालमा संगीतकार एलिस कार्की दोस्रो स्थानमा छन् ।

यस्तो २०७९ सालमा रिलिज भएको चलचित्रको गीत मध्ये उत्कृष्ट तेस्रो स्थानमा परेको गीत पनि संगीतकार दीपक शर्माकै रहेको छ । दीपक शर्माले नै संगीत गरेको चलचित्र छक्का पञ्जा ४ को दर्शन सलाम गीतले २२ मिलियन अर्थात दुई करोड २४ लाख भ्युज छोटो समयमै पाइसकेको छ । राजेन्द्र थापाको रचना तथा डेविड शँकर र सहिमा श्रेष्ठको स्वर रहेको यो गीत अहिले माथि उक्लने क्रममै छ । विश्वव्यापीरुपमा रिलिज भएको चलचित्र छक्का पञ्जा ४ को यही गीतका कारण सर्वाधिक राम्रो व्यापार भएको यसका निर्माता एवं अभिनेता दीपकराज गिरीले बताएका छन् ।

यस्तै २०७९ मा रिलिज भएका चलचित्रका गीतहरुमा उत्कृष्ट चौथो स्थानमा रहेको गीत चलचित्र कबड्डी ४ केशरी… हो  । यो गीतले १३ मिलियन अर्थात् १ करोड ३० लाख भन्दा बढी भ्युज पाएको छ । एसडी योगीले संगीत गरेको यो गीतमा स्वर पनि उनकै छ । २०७९ मै रिलिज भएका चलचित्र गीतहरुमध्ये पाँचौ स्थानमा रहेको गीत चलचित्र बाबरीको चुलबुल…हो । सुजन चापागाईंले संगीत गरेको यो गीतले ११ मिलियन अर्थात एक करोड १० लाख भ्युज युट्युवमा कमाएको छ । यो गीतमा सुजन र सुनिता थेगिमको स्वर रहेको छ । तथापि यो गीत हिट भए पनि चलचित्र बाबरीले अपेक्षित व्यापार गर्न सकेन ।

नेपाली चलचित्रलाई व्यवसायिक रुपमा सफल बनाउन गीत संगीतले साथ दिने गरेको छ । गीत हिट भएर नै धेरै फिल्म हिट भएका छन् ।

संगीतकार दीपक शर्माका धेरैजसो चलचित्र गीतहरुले मिलियन भ्युज पाएका छन् । उनका करोड भ्युज पाएका फिल्मी गीतहरु चलचित्र मंगलमको पर्ख पर्ख मायालु…, चलचित्र छक्का पञ्जाको देखन चम्पा…, छक्का पञ्जा ३ को पहिलो नम्बरमा…, चलचित्र मंगलमकै चि मुसी ची…लगायत हुन् ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया