Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारनेपालको सीमा क्षेत्रमा कडाइ गर्न नाडाको आग्रह

नेपालको सीमा क्षेत्रमा कडाइ गर्न नाडाको आग्रह


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सीमा क्षेत्रमा कडाइ गर्न सरकारसँग आग्रह गरेको छ । नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको एक प्रतिनिधिमण्डलले हालै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी सीमा क्षेत्रमा कडाइ गरी व्यवस्थित गर्न आग्रह गरेको हो ।

नेपाल भारतबीच खुला सिमानाकोे कारणले नेपालमा अवैध सामग्रीहरू सहजै भित्रिँदा व्यवसायी तथा राज्य दुवैलाई समस्यामा खडा गरेको नाडाले जनाएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले खुला सिमानाकोे कारणले भारतबाट भारी मात्रामा अनधिकृतरूपमा लुब्रिकेन्ट्स, टायर तथा अटोमोबाइल स्पेयर पाट्र्सको आयात हुँदै आएकोतर्फ गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । यसले नेपालका लुब्रिकेन्ट्स र टायरट्युब उद्योगहरूलाई गम्भीर असर परिरहेको उनले बताए ।

अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरू टिकीरहन ज्यादै कठिन हुँदै गइरहेकाले सीमा क्षेत्रमा कडाइका साथै व्यवस्थित पनि गर्नुपर्ने देखिएको उनले बताए । सीमा क्षेत्रमा हुने कडाइले अवैध सामग्रीको आयात रोकिँदा देशले गुमाइरहेको ठूलो राजस्व पनि प्राप्त हुने भएकाले यसतर्फ आवश्यक पहल गर्न उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, नाडाका अध्यक्ष करण चौधरीले नेपालमा मालवाहक इन्डियन ट्रक निर्बाधरूपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थालाई संशोधन गर्न आग्रह गरे । सो व्यवस्थाले खासगरी नेपालको मालवाहक सवारी साधनको बिक्री र त्यसको व्यवसायमा गम्भीर असर परेको उनको भनाइ थियो । भारतीय मालवाहक साधनहरूलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सारविन्दुबाट अधिकतम १६ किमिसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था गर्न उनले गृहमन्त्रीसँग आग्रह गरे । छलफलमा गृहमन्त्री श्रेष्ठले सीमा नाकामा भइरहेको समस्याहरूको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए । यस्तै, भारतीय मालवाहक साधनहरूलाई पहिलेको २४ घण्टाको समयावधि दिएको भए पनि पछि बढाएर ७२ घण्टा पुर्याइएकाले पुनः घटाउन पहल गर्ने बताए ।

छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्वय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : अटो बजार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया