थप आठ सय ४१ घरपरिवार भूकम्पको लाभग्राही सूचीमा
काठमाडौँ, पुस २४
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप २१ हजार ६ सय जना भूकम्पपीडितको गुनासो सम्बोधन गरेको छ । बुधबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले उनीहरुको गुनासो सम्बोधन गरेको हो । प्राधिकरणका अनुसार आठ सय ४१ पुनर्निर्माण लाभग्राहीमा समावेश भएका छन् । त्यस्तै, आठ सय ३६ घर परिवार भूकम्पपीडित प्रवलीकरण लाभग्राहीमा सूचीकृत भएका छन् भने १८ हजार दुई सय घरपरिवारको गुनासोलाई गैरलाभग्राही कायम गर्ने निर्णय प्राधिकरणले गरेको छ ।
प्राधिकरणका अनुसार स्थलगतरुपमा प्राप्त तथ्याङ्कलाई प्राधिकरणले तोकेको मापदण्डका आधारमा विश्लेषण गरी पुनर्निर्माण, प्रबलीकरण लाभग्राही वा गैरलाभग्राही कायम गर्ने काम गरेको हो । प्राधिकरणका अनुसार यसअघि तीनपटक बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले एक लाख १३ हजार गुनासो सम्बोधन गरी नतिजा निकालेको थियो । त्यसमा ११ हजार पाँच सय ९९ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही र पाँच हजार ६८५ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएका थिए ।
दोस्रो चरणको छुट तथा पुनः जाँच सर्भेक्षणअन्तर्गत एक लाख ८९ हजार गुनासो सङ्कलन गरिएको थियो । त्यसमध्ये बाँकी ५४ हजार गुनासोको इञ्जिनीयरले विश्लेषण गरिरहेको प्राधिकरणले जनाएको छ । विश्लेषण सकिएपछि ती गुनासो पनि प्राधिकरणले सम्बोधन गर्नेछ । गुनासो विश्लेषणका लागि ५० इञ्जिनीयर परिचालन गरिएको छ । दोस्रो चरणको छुट तथा पुनःजाँचअघि तीन लाख छ हजार आठ सय ५८ गुनासो दर्ता भएका थिए । ती सबैको पुनरावलोकन भइसकेको छ । प्राधिकरणले गरेको निर्णयमा चित्त नबुझे गुनासोकर्ताले पुनरावेदन समितिमा उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणका अनुसार यसअघि नै आठ लाख १६ हजार चार सय ७१ घरपरिवार लाभग्राही सूचीमा परिसकेका छन् । तीमध्ये चार लाख ८१ हजार ६८ घर परिवारले निर्माण सम्पन्न भएको प्रमाणपत्र लिइसकेका छन् । छ लाख ७३ हजार सात सय साठी घर निर्माणाधीन अवस्थामा रहेको पनि प्राधिकरणले जनाएको छ । निर्माणाधीन घरमध्ये आधाजसो सम्पन्नको चरणमा पुगेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ’
- दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया