Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफाइनान्सहरूको स्प्रेडदर पाँच प्रतिशतभन्दा कम

फाइनान्सहरूको स्प्रेडदर पाँच प्रतिशतभन्दा कम

सबैभन्दा बढी स्प्रेडदर हुनेमा सिर्जना, कममा पोखरा फाइनान्स


काठमाडौँ ।
फाइनान्स कम्पनीहरूमा कर्जा तथा निक्षेपबीचको ब्याजदर अन्तर अर्थात् स्प्रेडदर पाँच प्रतिशतभन्दा कम देखिएको छ । नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीहरूको लागि चार प्रतिशतको हाराहारीमा न्यूनतम स्प्रेडदरको सीमा तोकेकोमा एकाधबाहेक सबैजसो फाइनान्सहरूको स्प्रेडदर चारदेखि पाँच प्रतिशतको बीचमा देखिएको छ ।

फाइनान्स कम्पनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणमध्ये सञ्चालनमा रहेका २१ मध्ये तीनवटा फाइनान्समा स्प्रेडदर उच्च छ भने सबैभन्दा कम स्प्रेडदर पोखरा फाइनान्समा छ । अपरिष्कृत वित्तीय विवरणअनुसार सिर्जना फाइनान्समा सबैभन्दा बढी अर्थात् सात दशमलव ८९ प्रतिशत स्प्रेडदर हुँदा पोखरा फाइनान्समा चार दशमलव ३१ प्रतिशत स्प्रेडदर रहेको छ ।

गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूमा यस्तो स्प्रेडदर क्रमशः पाँच दशमलव ३१ र चार दशमलव ९७ प्रतिशत रहेको थियो । यसबाहेक समृद्धि फाइनान्सको स्प्रेडदर पनि चालू आवको दोस्रो त्रैमासिकमा सात दशमलव ८१ प्रतिशत छ । गत आवको सोही अवधिमा समृद्धिको स्प्रेडदर १५ दशमलव ३१ प्रतिशत थियो । चालू आवको दोस्रो त्रैमासिकमा बेष्ट फाइनान्समा पनि पाँच दशमलव १६ प्रतिशत स्प्रेडदर छ । गत आवको सोही अवधिमा बेष्टमा यस्तो अनुपात छ दशमलव ६० प्रतिशत थियो ।

यीबाहेकका फाइनान्सहरूको स्प्रेडदर भने पाँच प्रतिशतभन्दा कम छ । जसमध्ये गोर्खाज, रिलायन्स र प्रोग्रेसिभ फाइनान्सको स्प्रेडदर चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः चार दशमलव ८७, चार दशमलव ७६ र चार दशमलव ७० प्रतिशत छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो दर पाँच दशमलव ७८, पाँच दशमलव ३१ र चार दशमलव ८९ प्रतिशत थियो ।

युनाइटेड, श्री इन्भेष्टमेन्ट, गुह्येश्वरी मर्चेन्ट र आईसीएफसी फाइनान्समा भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः चार दशमलव ८७, चार दशमलव ९८, चार दशमलव ९८ र चार दशमलव ८४ प्रतिशत रहेको थियो । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूमा यस्तो दर क्रमशः चार दशमलव ९७, चार दशमलव ९६, चार दशमलव ९७ र चार दशमलव ७६ प्रतिशत थियो ।

यसैगरी गुडविल, जानकी, सेन्ट्रल र मल्टीपर्पस फाइनान्समा भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः चार दशमलव ९९, चार दशमलव ९९, चार दशमलव ९५ र चार दशमलव ९३ प्रतिशतको स्प्रेडदर रहेको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो अनुपात क्रमशः चार दशमलव ८३, चार दशमलव ९७, चार दशमलव ९७ र चार दशमलव ७२ प्रतिशत थियो । राष्ट्र बैंकको स्प्रेडदरसम्बन्धी व्यवस्थाअनुसार पाँच प्रतिशतभन्दा बढी भएका संस्थाहरूको हकमा भने कारबाही गर्न सक्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया