एनसेलका सात ग्राहकले पाए स्कुटर पुरस्कार
काठमाडौं । एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत बम्पर पुरस्कार स्वरूप सात जना ग्राहकहरूले १–१ वटा स्कुटर जितेका छन् । एनसेल आजियाटा लिमिटेडले विजेता सातै जनालाई सात वटा सहरमा पुगेर स्कुटर हस्तान्तरण गरेको जनाएको छ ।
कास्कीका अशेष पालिखेलाई एनसेल सेन्टर पोखरामा एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले बम्पर पुरस्कार हस्तान्तरण गरेपछि स्कुटर हस्तान्तरण कार्यक्रम सकिएको हो । यस्तै कम्पनीले काठमाडौंको नयाँ बानेश्वर, विराटनगर, जनकपुर, धनगढी, हेटौडा र भैरहवास्थित एनसेल सेन्टरमा बम्पर पुरस्कार विजेताहरूलाई स्कुटर हस्तान्तरण गरेको थियो । साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरूले सर्तअनुसार एनसेलको बारेमा नारा पठाउन अनुरोग गरेका थिए । यो योजना भदौ ३१ बाट सुरु भएर २८ दिनसम्म चलेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया