Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगश्रेष्ठ कर्पोरेट बिजनेस लाइफटाइम एचिभमेन्ट अवार्डबाट विभूषित

श्रेष्ठ कर्पोरेट बिजनेस लाइफटाइम एचिभमेन्ट अवार्डबाट विभूषित


काठमाडौं ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका बोर्ड डाइरेक्टर तथा अग्रज उद्योगी कल्याण गोविन्द श्रेष्ठ कर्पोरेट बिजनेस लाइफटाइम एचिभमेण्ट अवार्डबाट विभूषित भएका छन् । उनलाई कर्पोरेट मिडियाले सो अवार्डबाट विभूषित गरेको हो । अवार्ड कार्यक्रमका प्रमुख अतिथि उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी, कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जंग शाह र फेसियल हाउसकी प्रबन्धनिर्देशक सुस्मा महराले अवार्ड प्रदान गरेका थिए ।

वि.सं. २००२ मंसिर २४ गते पाल्पाको तानसेनमा जन्मिएका श्रेष्ठले तानसेनस्थित पाल्पा पद्मोदय पब्लिक हाइस्कुलबाट विद्यालय तहको अध्ययन (एसएलसी) सकेपछि उनी सन् १९६२ मा सिंगापुर गएका थिए । त्यहाँ अटोमोबाइल र इन्जिन फिटरमा डिप्लोमासम्म अध्ययन गरेका श्रेष्ठले २०२२ सालमा नेपाल फर्किएपछि जागिरे जीवन सुरू गरेका थिए । उनी गाडीहरूको आयात तथा बिक्रीसम्बधी व्यापारमा सक्रिय रहे ।

नेपालमा भित्रिएको सूचना प्रविधिका माध्यमहरु ई–मेल, इन्टरनेट र फ्याक्स टू फ्याक्सलगायत सेवा पनि उनले सुरू गरेका थिए । आफ्नै परिवारको लगानीमा वस्तोक इन्टरनेशनल प्रालिमार्फत हेभी इक्विपमेन्ट, इलेक्ट्रिक चिम्नी र ढोकाहरू ल्याएर बिक्री गर्न थाले । त्यसैमार्फत उक्त कम्पनीले अहिले कागज तथा लुब्रिक्यान्टको काम पनि गरिरहेको छ ।

यी सबै काम गर्दै आएको वस्तोक कम्पनीको नेतृत्व हाल उनका छोरा रोशन गोविन्द श्रेष्ठले गरिरहेका छन् । व्यापार पैसा कमाउने उद्देश्यले गरिने माध्यम भए पनि उनको समयमा उपभोक्ताका सेवा र सहजतासँग जोडेर व्यापार प्रवद्र्धन गरिन्थ्यो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया