Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रिमियर स्टिल : ३६ एमएममा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल

प्रिमियर स्टिल : ३६ एमएममा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल


काठमाडौं । ३६ एमएम समूह (क्याटेगोरी) मा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल प्रिमियर स्टिल पहिलो नेपाली कम्पनी भएको छ । ३६ एमएमको छड ठूला परियोजनाहरु हाइड्रोपावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ । यसअघि ३० एमएमको छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकहरुबाट आयात गर्ने गरिन्थ्यो, यसले गर्दा निर्माणकार्यलाई केही आपूर्तिमा ढिलाइ हुन सक्थ्यो । अब उपरान्त नेपाल गुणस्तर प्रमाणप्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नुपर्ने अवस्था रहेको छैन ।

प्रिमियर स्टिलले एफई५००, एफई५००डी ग्राण्डेड टीएमटी रिवर, टोरकारी स्टिल, बिल्डिङ वायर्स तथा एसडब्लूजीको प्रयोग गरी उत्पादन गर्दै आएको छ । प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टिल कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमता राख्छ । कम्पनीले आठ एमएमदेखि ४० एमएमसम्मका छडहरुको उत्पादन गर्दै आएको छ ।

‘हामीले प्रिमियम बिलेटहरुको मात्र प्रयोग गरेर टीएमटी बार उत्पादन गर्दै आएको छौँ, यसले गर्दा हाम्रा उत्पादनहरु उच्चस्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम भएका छन् । ३६ एमएम नेपाल गुणस्तर प्रमाण प्राप्त डन्डी पनि यसको एक ज्वलन्त प्रमाण हो । पूर्ण रुपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनहरुको प्रयोग गरी उत्पादन गरिने भएको हुँदा हाम्रा उत्पादनहरु सधैँ उस्तै घनत्व एवं उच्चस्तरीय सर्फेसको साथ बारको डायमिटर सधैं एकनासको प्राप्त गर्न सकिन्छ’, प्रिमियर स्टिलका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाले भने । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया