Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१२ दसमलव ३५ अंकले ओर्लियो सेयर बजार

१२ दसमलव ३५ अंकले ओर्लियो सेयर बजार


काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ५४ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार १२ दसमलव ३५ अंकले ओरालो लागेर २६ सय ५२ दसमलव ७५ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ६९ अंकले ओरालो लागेर चार सय ७५ दसमलव १२ अंंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १६ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ८८ हजार चार सय ८३ पटकको कारोवारमा एक करोड ५९ लाख आठ हजार चार सय ९९ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट यसदिन कुल कारोवार रकम सात अर्ब ५२ करोड ९२ लाख ९० हजार एक सय ४६ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये लघुबित्त र लगानी उपसमुहको सुचकहरु बढेकाछन भने बााँँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया