सेयर बजार परिसुचक २६ सय ३७ अंकमा
१२ दसमलव ४७ अंकले बजार ओरालो लाग्दा छ अर्ब ८१ करोडको सेयर खरिद बिक्री
काठमाडौं ।
सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन पाँच अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि पुन १२ दसमलव ४७ अंकले ओरालो लागेर २६ सय ३७ दसमलव १३ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवारा मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७७ अंकले ओरालो लागेर चार सय ७३ दसमलव चार अंकमा झरेको छ ।
आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १६ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ८० हजार एक सय ४१ पटकको कारोवारमा एक करोड ५९ लाख ८० हजार आठ सय १५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम छ अर्ब ८१ करोड ९१ हजार चार सय ५३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहरुको सुचक ओरालो लागेका छन् ।
जसमध्ये बाँणिज्य बैंक, फाईनान्स र लगानी उपसमुहको सुचक बढेका छन् भने बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक घटेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १६औँ योजनामा आर्थिक वृद्धिको लक्ष्य घटाइयो
- बजेटको आधार नबढाउन सात पूर्वअर्थमन्त्रीको सुझाव
- ‘निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ’
- दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया