Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार परिसुचक १९ सय ६५ बिन्दुमा

बजार परिसुचक १९ सय ६५ बिन्दुमा


काठमाडौं,सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ३२ दशमलव ४३ अंकले उकालो लागेर १९ सय ६५ दशमलव ९८ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३४ अंकले उकालो लागेर तीन सय ८६ दशमलव २६ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ३३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ३१ हजार ९३ पटकको कारोबारमा ४२ लाख २३ हजार आठ सय ६७ कित्ता सेयर खरिद बिक्री भएको छ ।

सोही खरिद बिक्रीको आधारमा आज कुल कारोबार रकम दुई अर्ब दुई करोड ५४ लाख ८९ हजार ५२ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव १३ अंकले ओरालो लागेर १३ दशमलव ४१ बिन्दुमा झरेको छ भने बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया