Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयश्रमिकबारे प्रधानमन्त्रीको झूटो दाबी

श्रमिकबारे प्रधानमन्त्रीको झूटो दाबी


खासगरी छिमेकी देश भारतका विभिन्न ठाउँमा गएर रोजगारी गर्दै आएका नेपालीहरूका लागि लकडाउनका यी ६० दिन धेरै नै दुःखद रहेका पाइयोे । त्यसो त नेपालमा पनि यो लकडाउनमा सबैभन्दा बढी कष्ट पाउने वर्ग श्रमिक नै रह्यो । तर, नेपालका श्रमिकहरू जे भए पनि आफ्नो भूमिमा थिए र उनका वरिपरि कतिपय सहयोगीहरूको उपस्थिति रह्यो । तर, भारतबाट संकटमा आफ्नो देश फर्किएर आएकाहरूको कष्ट त्योभन्दा भिन्न रह्यो । उता देश नै अर्काको छ र मान्छे पनि अर्कै । त्यस्तो समयमा जे–जस्तो संकट व्यहोर्दै नेपालीहरू आफ्नो देशको सीमामा आए त्यहाँ उनीहरूले झनै ठूलो कष्ट व्यहोर्न परेका समाचारहरू आइरहेका छन् । यस्ता समाचार आजको मात्र होइन । लकडाउन घोषणा भएको दिन चैत्र १० गतेदेखि लकडाउनको यो ६० दिन बित्दासमेत एकनासे नै रहे । यसको अर्थ हो, ६० दिनसम्म यस्तो समस्याको कुनै समाधान नै भएन ।

यहीबीचमा हो, प्रधानमन्त्रीले भारतका विभिन्न ठाउँबाट आएका यस्ता नेपालीहरूलाई सीमा क्षेत्रका भारतीय भूमिमा सुविधासम्पन्न होटलको व्यवस्था गरिदिएको तर उनीहरू उनीहरू दशगजामा आएर अनावश्यक रमिता देखाएको भनी आरोप लगाएका । उनको यो भनाइ वैशाख २ को एउटा अनलाइनमा प्रकाशित छ । प्रधानमन्त्रीको यो होटलको व्यवस्था गरिदिएको भन्ने दाबी आफैँ गलत थियो । सीमाक्षेत्रमा यतिठूलो सख्या अटाउने होटल हुने कुरा पनि थिएन । यो समय नेपालीहरू आफ्नो घर फर्किएका कुरा हुन् ।

भारतीय पक्षबाट स्वाभाविक छ हजारौ संख्याका नेपालीहरूलाई त्यसरी होटेलमा राखेर सम्मान गर्लान् भन्ने त्यो पनि १५–२०–२५ दिनसम्म । यो सम्भव पनि थिएन त्यसकारण प्रधानमन्त्रीको यो भनाइ आफैँमा त्यसबेला नै अतिरञ्जित लागेको थियो । पछि त यो कुरा आफैँ एउटा व्यंग्यजस्तो हुँदै आयो । भारतको क्वारेन्टाइनमा बसेकाहरूले नै भनिरहेका छन्, हिरासतबाट छुटेको झैँ भयो । पछिल्लो समय नेपाल प्रवेश गरका सबै यसै भनिरहेका छन् । जाजरकोट सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पसको क्वारेन्टाइनमा बसेकाहरूको भनाइलाई यो ठाउँमा उदाहरण मानियो । उनीहरू लामो समय भारतको त्यस्तो दुःखद बसाइ व्यहोरेर हालै मात्र नेपाल प्रवेश गरका हुन् । यो रिपोर्टमा भनिएको छ, भारत हुँदै देशका विभिन्न ठाउँबाट कठिनपूर्ण यात्राका बीच जाजरकोट पाइला टेकेकाहरूलाई अहिले घर पुगेझैँ भएको छ । यो घर भनेको के हो भन्ने चिनाउने काम पनि हो ।

भारतीय हेपाहा व्यवहारबाट धेरै पीडा खेपेको अवस्था वास्तवमा नै सामन्य थिएन । उनका अनुसार यस्तै खालको आफ्नै भूमिमा क्वारेन्टाइनमा बस्न पाएको भए जति दिन पनि बस्न सकिथ्यो । उता भारतमा तल्लोस्तरको व्यवहार गर्दा आक्रोश पैदा भए पनि सहेर बस्नुपरेको थियो । जब नेपालमा पाइला टेकियो, हाम्रो छाती गर्वले उँचो भएको थियो । भारतमा दुई महिनाअघि ६१ केजी तौल थियो भने अहिले ४१ केजीमा झरेका अवस्था छ । सरकारले लामो समयसम्म आफ्ना नागरिकको यो कष्टलाई सुनेन । प्रधानमन्त्री स्वयम उनीहरूलाई धेरै सुखसयलमा रखेको भन्ने भ्रममा परे तर त्यो सुख कस्तो थियो भने । उनीहरूले जीवनको आशै मारिसकेका थिए भन्छन्, अर्काको भूमिमा पीडाका साथ बसेको, अब भने बाँच्ने आश पलायो । यसो भन्दा उनीहरूका आँखाबाट खुशीका आँसु झरेका थिए । यतिखेर नेपाल आएकाहरूको भनाइअनुसार सरकार अब झनै सतर्क हुने बेला आएको छ । पहिले भारतीयहरूले नेपालीलाई खासै वास्ता नगरे पनि सीमा विवाद बढेसँगै निकै हेप्ने गरेको अनुभव छ, उनीहरूसँग ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया