
काठमाडौं ।
सरकारी अस्पताल भन्नाले आम नागरिकको अस्पताल भन्ने बुझिन्छ । यो जति सहज, सुलभ र भरपर्दो भयो त्यति नै जनस्वास्थ्यमा राज्यको उपस्थिति बुझाउँछ । निजी अस्पतालमा सबैको पहुँच हुँदैन । ती अत्यधिक महँगा छन् । आवश्यक नै नपर्ने परीक्षणहरू गर्न लगाउने त सामान्य नै भयो । तिनीहरू कमाउनकै लागि चलाइएका हुँदा सेवा प्रवाहभन्दा बढी चासो नाफामा जाने भयो नै । तर सरकारी भने त्यस्ता होइनन् ।
राज्यले लगानी गरेर सेवा दिइरहेका सरकारी अस्पताल आम नागरिकका अस्पतालका रूपमा चिनिन्छन् । तर पछिल्लो समय यी अस्पतालका सेवाप्रति नागरिकमा प्रश्न खडा हुन थालेको पाइन्छ । यिनका सेवाप्रति भर पर्न नै नसकेर होला पछिल्ला दिन सरकारी असपतालमा सेवा लिनेको संख्या घटेको र बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य भएका छन् । यो सुधार गर्न जरुरी छ । त्यसो भएन भने राज्यले गरेको खर्च र स्वास्थ्य सेवामा सबैको पहुँच भन्ने कुराको अर्थ रहँदैन ।
सरकारी अस्पतालमा आकर्षण किन घट्दै छ भन्ने अध्ययन हुन जरुरी छ । सरकारी अस्पताल छाडेर निजीतर्फ बिरामीको चाप भनेको केही न केही कैफियत छ भन्ने नै हो । सेवा प्रवाहमा अत्यधिक ढिलासुस्ती र सही समयमा सही उपचार भएन भने जनतामा अविश्वास उत्पन्न हुन्छ । विभिन्न रिपोर्टहरूले देखाएका रेकर्डअनुसार पनि पछिल्लो तीन वर्षमा केन्द्रीय सरकारअन्तर्गतका अस्पतालको बहिरंग विभागमा आउने बिरामीको संख्या घटिरहेको छ । सरकारी अस्पतालबाट २०७४/७५ मा १८ लाख ८९ हजार तीन सय ६९ जनाले ओपीडी सेवा लिएका थिए भने २०७५/७६ मा १७ लाख ८२ हजार सात सय १४ जनाल २०७६/७७ मा १७ लाख ४१ हजार २० जनाले मात्र लिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाका अनुसार सबैभन्दा धेरै २०७६/७७ मा वीर अस्पतालमा दुई लाख ९८ हजार चार सय ४८ जनाले ओपीडी सेवा लिएका थिए । अन्यमा प्रसूति गृहबाट दुई लाख ५८ हजार आठ सय ९२, भरतपुर अस्पतालबाट दुई लाख २४ हजार दुई सय ८१ जना, कोसी अस्पतालबाट एक लाख ९७ हजार पाँच सय ८३ जनाले ओपीडी सेवा लिएको पाइयो ।
स्वास्थ्य मन्त्रालयको उक्त शाखाका अनुसार कोभिडको कारण ओपीडीमा आउनेको संख्या केही कमी भएको हुनसक्छ । तर अरुबेलाभन्दा पछिल्लो दिन संख्या बढनुपर्नेमा सरकारी अस्पतालमा संख्या घटेको नै देखियो । यसको अर्थ हो यी अस्पतालमा जनअपेक्षाअनुरूप सेवाको स्तरवृद्धि गर्दै गुणस्तरीय सेवा दिएर मन जित्ने काम भएको छैन, जसले गर्दा सरकारी अस्पतालप्रति आकर्षण बढोस् । यी अस्पतालमा सेवा विस्तार कार्य भइरहेको मन्त्रालयको भनाइ छ । यस्तो विस्तारले बढीभन्दा बढी नागरिक लाभान्वित हुने वातावरण बनाउन खाँचो छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया