काठमाडौं ।
गएको मंसिरदेखि निरन्तर आन्दोलनमा रहेका उखु किसानको समूहबाट एउटा सम्झौता भएको भोलिपल्ट बिहानै एक जना किसान सधैँका लागि बिदा भए । यो १४ पुस काठमाडौँको कुरा हो । आफूले उत्पादन गरेको उखु बेचेबापतको रकम असुल गरिदिन बितेका १६ दिनसम्मको आन्दोलनमा सहभागी एक ६५ वर्षीय उखु किसानको हृदयघातका कारण निधन भयो । उनी सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादव हुन् । यसको अघिल्लो दिन आन्दोलनरत उखु किसानहरू तत्काल चिनी उद्योगबाट आफ्नो बक्यौता रकम लिनेसम्बन्धी अस्पष्ट सम्झौता गरी घर फर्किएका भन्ने समाचार छापाहरूमा आइरहँदा त्यसमा थपियो नारायण राय यादवको मृत्युको यो समाचार ।
अघिल्लो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिका बीच चारबुँदे सहमति भएको थियो । त्यसमा उनीहरूको बक्यौता रकम चिनी उद्योगबाट तत्काल उठ्ने सम्भावना न्यून देखिएको भन्ने विवरण छापिएका थिए । त्यसमा सरकारले किसानलार्ई झुक्याएका भन्ने विवरणहरू पनि थिए । जसको चोट सहन नसकेर यी किसानको ज्यान गयो । उनी मंसिर २८ गतेदेखि निरन्तर आन्दोलनमा रहेका थिए । हृदयघातबाट मृत्यु भएका यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हजार रुपैयाँ पाउन बाँकी थियो । तर सरकारको यस्तो जाली सम्झौताका कारण सहन नसकेर उनको जीवन नै समाप्त भएको हो । सरकार किसानको पक्षमा भइदिएको थियो भने कम्तीमा ज्यानै जाने अवस्था आउने थिएन कि ?
यसको अघिल्लो दिन आन्दोलनकारी किसान र मन्त्रालयबीच भएको सहमतिको १ नम्बर बुँदामा चिनी उद्योगीले उखु किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगहरूबाट सहमति भएको मितिले २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था गरिएको थियो । यसैको छेउको सहमतिपत्रको अर्को बुँदा नम्बर २.२ (क) मा बक्यौता भुक्तानी हुनुपर्ने रकमउपर उद्योगी र उखु किसानको दाबी फरक–फरक भएको हुँदा यस सम्बन्धमा यथार्थ एकीन गरी भुक्तानीका सम्बन्धमा सुझाव पेश गर्न प्राविधिक समितिलाई कार्यादेश दिइयो ।
यो प्राविधिक समितिको कार्यकाल भने एक सय १० दिनको हुने उल्लेख गरिएको छ । जसले किसान सोझै ठगिएको बुझाउँछ । त्यसको उदाहरण हुन् यिनै मृतक यादव । उनलाई उक्त परिमाणको उखु उत्पादन गर्न बैंकको १८ लाख रुपैयाँ ऋण लागेका थियो । त्यसैकारण पनि पैसा नलिई आन्दोलन नत्याग्ने बताउँदै आएका यादव सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्ता र सहमतिमा सहभागी नै भएनन् ।
यता २१ दिनभित्र उपलबध गराउने व्यवस्था गरियो र उता प्राविधिक समितिलाई एक सय १० दिनको समय दिइयो । त्यसकारण यो सम्झौता आफैँ ठगी कार्य थियो । त्यसले अति मर्कामा परेका किसानलाई यस्तो रूपमा आहत पा¥यो, जसका कारण ज्यानै गयो । जब प्राविधिक समितिले नै एक सय २० दिन लगाउँछ भने सहमति भएको २१ दिनमा किसानहरूले चिनी उद्योगीसँग कसरी बक्यौता रकम पाउँथे ? यो प्रश्नको उत्तर सरकारले दिन नै चाहेन । यही निरुत्तरित प्रश्नले किसानको ज्यान लिने काम गरेको हो । समाचार विवरणले पुष्टि पनि गर्छन् । सरकारले यी किसानलाई जसरी पनि राजधानीबाट हटाउने मात्र रणनीति बनाएको कारणले यस्ता दुःखद घटनाको सिकार सामान्य किसान हुनपुगेका छन् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
- नेपालमा अर्थतन्त्रका चुनौतीहरू
- भूकम्पका दश वर्ष पुनर्निर्माण अलपत्र
- प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
- लाभांश बाड्न नसक्ने अवस्थामा फाइनान्स कम्पनीहरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया