काठमाडौं । क्षेत्र जुनसुकै होस् । जसको पनि आफ्नो छुट्टै पहिचान हुन्छ त्यसको विशेष महत्व रहन्छ । देशमा भर्खर चुनावको वातावरण तातेको छ । चुनाव भन्नासाथ दल साना–ठूला हुन् उम्मेदवार स्वतन्त्र होस् वा दलगत कुरा चुनावकै उठ्छ । मतपत्रमा रहने कुरा नै चिह्न हो । त्यसैमा मत दिएर उम्मेदवारलाई जिताउने नजिताउने भन्ने मतदाताको निर्णय अंकित हुने ठाउँ हो यो । त्यस्तै हो कुनै वस्तुको चिह्न पनि, त्यो वस्तु उपभोक्तासमक्ष पुग्ने उसको पहिचान । जब त्यो चिह्न नै चोरिन्छ भने त्यो चिह्न मात्रै होइन त्यो वस्तु नै चोरिएको अवस्थामा बुझाउनु पर्छ । त्यो मुद्दा पुलिसकहाँ पुग्छ । त्यसको खोजी हुन्छ र फेला परेमा चोरी गर्ने व्यक्ति दण्डित हुन्छ । यो एउटा सामान्य प्रक्रिया हो । तर त्यही कुरा कतिपय ठाउँमा लागू भएको पाइएन भने त्योचाहिँ आपत्तिको विषय हो ।
नेपालमा यस्ता आपत्तियुक्त कुराहरू दिनहुँ भइरहेका छन्, देखादेखि नै हुनेगरी । यसलाई कतिपयले बौद्धिक चोरी भन्ने गरेका छन् । त्यस्तो बौद्धिक सम्पत्तिको नक्कल हुनेगरेको मान्ने गरेका छन् । यो एउटा सभ्य भाषा प्रयोग गरिएको अवस्था होला तर यो एक प्रकारले चोरी नै हो । यो सन्दर्भ हो औद्योगिक उत्पादनका चिह्नहरू । जानकाहरूका अनुासर विश्वमा चर्चा कमाएका यस्ता बौद्धिक सम्पत्ति, चिह्न, डिजाइन र ट्रेडमार्कहरू नेपालमा मात्रै होइन अन्यत्र पनि चोरी गर्ने चलन छ । उद्योगीहरूले यस्ता चिह्नको योरूपले नक्कल गर्ने प्रवृत्तिका कारण अन्ततः आफैँलाई पनि नोक्सान पार्छ अर्थात् विश्वस्तरका र आफ्नै देशका पनि यस्तो चिह्नको चोरीले सबैभन्दा पहिले नोक्सान पार्ने भनेको उपभोक्तालाई हो जसले चिह्नकै कारण भरपुर मूल्य त तिर्छन् तर सोअनुसारको वस्तु पाउँदैनन् । कारण हुन्छ चिह्नको अति नक्कल । जसले चिह्नको नक्कल गरेको हुन्छन् त्यसमा विरलै होलान् सोअनुसारको गुणस्तरको पनि ख्याल गर्ने । चिह्न नै चोरिएको हुन्छ भने त्यो ठाउँमा गुणस्तर कायम हुने कुरा पनि भएन । यो पीडा हो निजी क्षेत्रको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघले पोखेको । यो संस्थाका अनुसार विश्वका उपभोक्तामाझ परिचित चिह्न, डिजाइन ट्रेडमार्क नक्कल गरी आफ्नो उत्पादनमा राख्ने प्रवृत्ति बढी नै रहेको छ । आफ्नो उत्पादनलाई आफ्नो चिह्न, संकेत राखेर चिनाउनुपर्नेमा त्यसो हुनेगरेको छैन ।
दुःखद पक्ष के हो भने राज्यले पनि यसको खोजीनीति गरेको छैन । यसले आफ्नै बजार र आफ्नै उपभोक्तालाई असर पारिरहेको अवस्था छ । त्यस कारण विज्ञहरू भन्छन्– यसलाई व्यवस्थित बनाउनु आवश्यक छ, तथा नेपाली उत्पादनकर्ताले आफ्नो उत्पादनको सम्पूर्ण किसिमको अधिकार आफूसँग राख्न सकेमा त्यसले नेपाली उद्योगीलाई राहत मिल्छ । जानकारीमा आएअनुसार विश्व चर्चित उत्पादनकर्ताहरू नेपालीविरुद्ध नेपालमै उजुरी गर्न बाध्य छन् । यसले देशको समेत बदनामी हुने अवस्था रहन्छ । राज्यले पनि चोरी भनेपछि त्यसलाई चोरीकै रूपमा लिन आवश्यक छ । अब कामना गरौँ, अहिलेसम्म जे भयो अब त्यस्तो नहोस् । सम्बन्धित विषयको नियमन गर्ने निकाय उद्योग विभागका अधिकारीहरूका भनाइअनुसार पनि बजार बिस्तार सहजीकरण, प्रयोगकर्ता वृद्धि गराउन तथा आर्थिक लाभ चाँडै होस् भन्नेलगायतका उद्देश्यले यस्तो चिह्न चोरीको काम भइरहेको छ । जब अधिकारीहरूलाई नै जानकारी छ भने अब त यस्तो काम रोकिन परेन र ?
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
- काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया