Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयस्थानीय निकाय नेतृत्वकोे समीक्षा जरुरी

स्थानीय निकाय नेतृत्वकोे समीक्षा जरुरी


काठमाडौं । आउँदो वैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचन आउन अब करिब डेढ महिना मात्रै बाँकी छ । एक महिनापछि त उम्मेदवार मनोनयन गरिसक्नुपर्नेछ । त्यसका लागि वैशाख ११ र १२ तोकिएको मिति । यो दुई दिन मिति तोकिएकोलाई विपक्षले आलोचनाको गम्भीर विषय बनायो । आयोगमाथि अहिलेको सत्तापक्षलाई सजिलो बनाउन यसो गरेको भन्ने आरोप पनि लगायो । तर आयोग भने एक दिन मात्रै ठूलो भिडका कारण कोही पनि उम्मेदवार हुनबाट वञ्चित नहोस् भनी दुई दिन तोेकिएको भन्दै प्रस्टीकरण दिइरहेको छ । यसअघि मतपत्रमा प्रयोग हुने रङ्ग पनि विवादमा आएको थियो । यसलाई पनि विपक्षले नै शंकाको घेरामा राखेको हो । उसको तर्कमा कुनै दलको चिह्नसँग मिलाएर यस्तो रङ्ग तोक्ने काम भयो । आयोगले यसको पनि खण्डन गरिसकेको छ । यद्यपि आरोप लाग्ने क्रम भने हटेको छैन तर यता विज्ञहरू यस्ता आरोप छाडेर स्थानीय निकायको विगतको कार्यकालको गम्भीर समीक्षा होस् भन्ने चाहन्छन्, जो आजसम्म भएको देखिएन कुनै दलबाट पनि ।

यस्तो समीक्षाको अपेक्षामा परेका छन् ठूला दलका ठूला नेता नै अर्थात् महानगरका मेयरहरू । उनीहरू निर्वाचित हुँदा अरुका लागि उदाहरणीय बनून् भन्ने अपेक्षा थियो आम तहमा नै । महानगर भनेका साधनसम्पन्न संस्थाका रूपमा चिनिन्छन् । त्यसमाथि उपत्यकाका महानगरको त शानमान नै अर्कै हुन्छ । महानगरको अपेक्षा पूरा गर्ने भनेको मेयरले नै हो, उनले गरेका काम नै ती दलका लागि पनि गर्वको विषय बन्छ । पहिलो स्थानीय निर्वाचनको अपेक्षा हो यो जो ती मेयरहरू त्यसबेला उम्मेदवार बनेदेखि नै अपेक्षाका खात लाग्न थालेका थिए । त्यसै पनि यो १४ वर्षपछिको जनप्रतिनिधिको उपस्थिति थियो जसले अपेक्षाको वृद्धि गराउँछ नै ।

खासगरी काठमाडौंका मेयरले आफूले निर्वाचन भएको एक सय दिनमा गर्ने भनी त्यसबेदला व्यक्त गरेका एक सय एक योजना अर्थात् वचनबद्धताप्रति नगरबासीको ध्यान गएको थियो र आजसम्म पनि त्यसलाई बिर्सिएका छैनन् । उपत्यकामा मोनोरेल सञ्चालनका लागि ‘डीपीआर’ तयार, काठमाडौंलाई २४ घण्टासम्म जागा राख्ने, काठमाडौंको फोहोर एक मिनेट पनि रहन नदिने आदि भनिएका थिए । यी भनाइ जनताका प्रत्यक्ष सरकोकारसँग सम्बन्धित हुन्, जसले तिनको अवस्थाका बारे नागरिको चासो बढाउँछ नै । त्यसै भएर पनि हो यी मेयरले यो बेलासम्म आफ्ना वचनबद्धताका कति काम गरे त्यसका आधारमा अरु नगरहरूको पनि अवस्थाको चित्रण हुनु । यद्यपि एउटा मेयर असफल भएका अवस्थामा उसको तुलना सबैसँग गर्न मिल्दैन तर पवृत्तिको भने प्रतिनिधित्व हुन्छ नै ।

त्यो स्थानीय तहको चुनावमा काठमाडौंका मेयरको विजय लोभलाग्दो नै थियो । उनले २८ प्रतिस्पर्धीलाई उछिनेका थिए । निकटतम प्रतिद्वन्द्वीलाई उनले १९ हजार छ हजार ४४ मतान्तरले पराजित गरेका थिए । यो भनेको समान्यतया एक जना मेयरले पाएको कुल मतबराबर नै हो, जो उनको बढी थियो । उनको यो जितले महानगरवासीलाई उत्साही बनाउनु स्वाभाविक पनि थियो । त्यो विजयपछि र चुनावकै क्रममा गरेका वाचाहरू यो पाँचवर्षे कार्यकाल सकिन लाग्दा पनि पूरा भएनन् । यसले आगामी स्थानीय चुनावमा फेरि यस्तै धोकाधडी गर्नेहरूलाई पार्टीले टिकट दिएर यो ठाउँमा पु-याउने हो कि भन्ने चिन्ता पाइन्छ महानगरवासीमा । यसै कारण जसका अर्थात् जुन दलका यस्ता संस्थामा नेतृत्व रहे तिनबाट नै समीक्षा हुन मतदाताहरूले माग गरेका हुनुपर्छ । अबको कार्यकाल पनि यस्तै धोका पाइयो भने त्यसले जनप्रतिनिधि नभएको १४ वर्षे कार्यकाललाई पनि ओझेलमा पार्नेछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x