Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनागरिकको गुहार सुन्ने हो कि

नागरिकको गुहार सुन्ने हो कि


काठमाण्डौं,वैशाख १
हामी अहिले १०औं वर्ष पूरा गरी ११औं वर्षमा प्रवेश गरेका छौँ । प्रकाशनको यो अवधिसम्म आइपुुग्दा हामीले निकै ठूलो आरोह अवरोह पार गरेका छौँ । विभिन्न चुुनौतीहरू सामान गरेका छौँ । ११औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा आइपुुग्दा पनि हामी यस्तै चुुनौतीको कठिन मोडमा छौँ । यो चुुनौती हाम्रो मात्र नभएर सिंगो देशको, सिंगो विश्वको रहेको छ ।
११औं वर्षमा प्रवेश गर्दे गर्दा सिंगो विश्व नै कोरोना भाइरस (कोभिड १९) महाहारीले लकडाउनको अवस्थामा छौँ । सरकारले यही वैशाख तीन गतेसम्म लकडाउनको घोषणा गरेको छ । लकडाउन घोषणा भएपछि सबभन्दा बढी पिरलो विदेशमा रहेका नेपालीहरूमा परेको देखियो । यतिबेला कोरोनाको कहर खेपिरहेका देशको संख्या दुई सय १० भन्दाबढी पुगेको छ । तीमध्ये नेपाल सबैभन्दा कम प्रभावित देश हो ।

कुनै एउटा नेपालीलाई यसो भन्न पाउँदा आफैँमा एउटा भिन्न प्रकारको सुरक्षाबोध हुन्छ । त्यो सुुरक्षा बोधले गर्दा नै कतिपय विदेशीहरू समेत यतिबेला नेपाल छाडन मानिरहेका छैनन् । फर्किँदा पनि आफ्नोे देशले बोलाएको भनी प्रतिकृया दिने गरको छन् । यही मेसोमा आफ्नो देश भनेको कस्तो हँुदो रहेछ भन्ने अत्यन्त प्रभावित युरोप अमेरिका आदि देशका नागरिक नेपाल छाडेर आफ्नो देश फर्किएका अवस्थाले पनि बताउँछ । जब कि ती देशमा जानु भनेको ठूलो जोखिम मोल्नु हो । तर, आफनो मातृभूमिका सन्दर्भमा यस्तो जोखिम केही होइन भन्ने देखियो । यतिबेला दिनमा एक÷दुईवटाका दरले नेपालाबट जहाज उडिरहेका छन् । कतिपय बेला त नेपालकै विमानले पनि ती विदेशीलाई उनका देश पु¥याइरहेको छ ।

उता त्यस्तो छ भने यता यता ती देशमा रहेका नेपाली आफूलाई स्वदेश लगिदेऊ भनी निरन्तर हारगुहार गरिरहेका छन् । नेपालबाट विदेशतर्फ मान्छे ओसार्न काम भैरहेका बेला कतिपय अवस्थमा त नेपालकै बयुसेवाले पनि तिनलाई उनका देशमा पु¥याएर रित्तै फर्किँदा आफूहरूलाई पनि त्यता लगियोस् र त्यहीको क्वारेण्टाइनमा राखियोस् भनी बारम्बार बताइरहेका छन् । तर, यतासरका भने राष्ट्रपतिले आफ्ना नागरिकका बारे व्यापक चासो राखेको भन्दै सरकार मग्न बसेको छ । आलंकारिक राष्ट्रपतिले राखेको चासोको अर्थ के होला भन्ने पनि नबुझेजस्तो गरिरहेको छ सरकार । पछिल्लो समय प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दा पनि विदेशमा रहेका नेपाल फर्कन चाहेका नेपालीलाई त्यसै भनेर जवाफ दिँदै राष्ट्रपतिले सम्बोधन गरेका भन्ने कुरा नै बताए । विदेशमा रहेका कुनै पनि नेपाली स्वदेश फर्किने र यहीँको सुरक्षा घेरामा बस्ने भनी हारगुहार गरिरहँदा सरकारले सुन्दैन भने त्यस्तो सरकार ती नागरिकका लागि के कामको भयो ? यो प्रश्न सामान्य होइन । नेपाल सुरक्षित छ भने त्यो सबै नेपालीका लागि भएन भने त्यसको अर्थ के हुन्छ यसको पनि जवाफ खोजिरहिएको होला अहिले । त्यसमाथि अझ विदेशमा रहेका नेपालीहरूबाट सहयोग मागिरहिएको अवस्थामा त एउटा नैतिक धरातल पनि प्रकट होला ।

यतिबेला सबैभन्दा कन्तबिजोक भएको अवस्था छ खासगरी पश्चिमी क्षेत्रका सीमामा रहेका नागरिकको । पाँच÷सात सय किलोमिटर हिँडेर उनीहरू आफ्नो देशको सीमामा आइपुगे तर यता देशले प्रवेश बिन्दुमा ताला लगाइदियो । यो कथा हो दार्चुलाको सीमापारि भारतको धार्चुलामा अलपत्र परेका नेपालीहरूको । आफ्ना नागरिकका लागि सरकारले आफ्नै देशको सीमामा ताला लगाइदियो । स्वाभाविक छ आफ्नै सरकारले नै सीमा बन्द गरेपछि उनीहरू अलपत्र त पर्ने भए नै । त्यो ठाउँमा रोकिएका नेपालीहरूका अनुसार भारतीय पक्षबाट आफूहरूमाथि धेरै नै तल्लो स्तरको व्यवहार भैरहेको भनी सरकार समक्ष हारगुहार गरेका एक हप्ताभन्दा बढी भैसेको छ । उनीहरूको पनि भनाइ छ आफूहरू आफ्नै देशको क्वारेण्टाइनमा बस्न पाऊँ । यो माग अस्वाभाविक पनि होइन । यो भनेको आफ्ना नागरिकप्रति उत्तरदायी नभएको अवस्था हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया