Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारडुंगा दुर्घटनाबाट ६० भन्दा बढी आप्रवासीको मृत्यु

डुंगा दुर्घटनाबाट ६० भन्दा बढी आप्रवासीको मृत्यु


काठमाडौं । लिबियाको तटमा डुंगा दुर्घटनामा परी ६० भन्दा बढी आप्रवासीको डुबेर मृत्यु भएको जनाइएको छ । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)का अनुसार शनिबार उक्त डुंगा लिबियाको तटीय सहर जुवाराबाट करिब ८६ जना यात्रु लिएर प्रस्थान गरेको थियो ।

घटनामा बच्न सफल भएका आप्रवासीलाई उद्धृत गर्दै उक्त संयुक्त राष्ट्रसङ्घीय निकायले, ‘एउटा समुद्री डुङ्गा जुवारा सहरबाट हिँड्दा त्यसमा करिब ८६ जना चढेका थिए’, भनेको छ । उसले उच्च छालहरूले डुङ्गालाई बगाएको र बालबालिकासहित ६१ जना आप्रवासी बेपत्ता भएको तथा सम्भवत: उनीहरूको ज्यान गएको हुनसक्ने अनुमान गरेको छ । भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरूको लागि लिबिया मुख्य प्रस्थान बिन्दु हो ।

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार आईओएमले यो दुर्घटनामा मारिने अधिकांश नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशका नागरिक रहेको बताएको छ । यात्रा गर्नेहरू प्राय: पहिले इटाली पुग्छन् र त्यहाँबाट युरोपका अन्य देशहरूमा जाने गर्छन् । आईओएमका अनुसार यो वर्ष ट्युनिसिया र लिबियाबाट एक लाख ५३ हजारभन्दा बढी आप्रवासी इटाली पुगेका छन् । एजेन्सी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया