Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसुरुङ प्वाल पारेर उद्धारको प्रयास

सुरुङ प्वाल पारेर उद्धारको प्रयास


भारत ।
भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा परेर फसेका व्यक्तिहरुको उद्धारको लागि सुरुङमा प्वाल पारेर उद्धारको प्रायास जारी राखिएको बिहीबार प्राप्त समाचारमा जनाइएको छ । उत्तरी भारतको उत्तराखण्डको तपोवनमा भएको क्षतिग्रस्त जलविद्युत प्लान्टमा आइतवारदेखि नै श्रमिकहरूले रातदिन ढुंगा र माटो सफा गर्दै आएका छन् ।

बिहीबारसम्म हिमपहिरोमा परेका ३४ जनाको शव भेटिएको छ । हिमपहिरोका कारण अरु एक सय ७० भन्दा बढी अझै पनि हराइरहेको अधिकारीले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । सरकारी अधिकारीले बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन् ।

मृतक तथा बेपत्ता भएका भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल, बिहार, झारखण्डका रहेको जनाइएको छ । केही व्यक्ति भने नेपाली पनि हुनसक्ने अधिकारीको भनाइ छ । दुईवटा जलविद्युत् परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो । आइतबार आएको हिमपहिरोका कारण तीव्र वेगको पानी र हिउँले पुल, सडक र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

स्थानीयबासी ओम अग्रवालले तीव्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । धेरै जना उद्धारकर्मी सोमबार बिहानैदेखि खटिएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया