Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी सामाजिक सञ्जाल कम्पनीलाई भारतको चेतावनी

अमेरिकी सामाजिक सञ्जाल कम्पनीलाई भारतको चेतावनी


नयाँ दिल्ली ।
भारतका प्रविधिमन्त्री रवि शंकर प्रसादले बिहीबार अमेरिकी सामाजिक सञ्जाल कम्पनीहरुलाई भारतको कानुनको पालना गर्न चेतावनी दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी सरकार र ट्विटरबीच विषयवस्तुमाथिको नियन्त्रणबारे लफडा भएको एक दिनपछि प्रविधिमन्त्रीको उक्त चेतावनी आएको हो ।

बिहीबार संसदमा बोल्दै आईटीमन्त्री रवि शंकर प्रसादले ट्विटर, फेसबुक, लिंक्डइन र ह्वाट्सएपको नामै किटेर उनले यी सबै कम्पनी भारतमा व्यवसाय गर्न आउन सक्ने तर उनीहरुले भारतको कानुनको पालना गर्नुपर्ने बताए । ‘तपाईंहरु सबैले भारतको संविधानको पालना गर्नुपर्छ, भारतका कानुनहरुसँग बाँधिनुपर्छ’, संसद्मा उनले भने । बुधबार भारतले ट्विटरलाई सरकारको आदेश नमानेको भन्दै आलोचना गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया